धनगढी पोष्ट बिहिबार, २९ जेठ २०८२   June 12, 2025

भारतले सडक बनाउदा नेपालमा क्षेति

भारतले सडक बनाउदा नेपालमा क्षेति

धनगढी भारतले धारचुला स्थित महाकाली किनारमा बनाएको सडकका कारण नेपालको दार्चुलामा क्षेति हुन थालेको

भारतको पिथौरागढ जिल्ला धारचुला तहशिल अन्तर्गतको नयाँबस्तीमा सडक निर्माणका क्रममा उछिट्टिएको ढुङ्गाले नेपालतर्फ महाकाली नगरपालिका मसिनीबलुवाका तीन स्थानीयवासीको घर गोठमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए

बिहीबार शुक्रबार लगातार सडक निर्माणका लागि विष्फोटक पदार्थ प्रयोग गर्दा ढुङ्गा उछिट्टिएर स्थानीय नरभान बडू, हरकसिंह ठगुन्ना जगतसिंह ठगुन्नाको घरमा क्षति पुगेको हो ब्लास्टिङ गर्दा भारतबाट ढुङ्गा उछिट्टिएर नेपालतर्फ खेतबारीसम्म पुगेका छन्, भारतीय पक्षले बिनासूचना ब्लास्टिङ गर्ने गरेको , यसबाट थप क्षतिको खतरा , स्थानीय नरभान बडूले भने