धनगढी पोष्ट
शनिबार, ३० असार २०८० मा प्रकाशित
धनगढी । कञ्चनपुरमा महिलाको कान काटेर गहना र नगद लुटेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वेलडाँडी गाउँपालिका–३ का ४५ बर्षिय रामबहादुर राना रहेका छन् । रानाले वेलडाँडी–५ की मिना राना मगरको घरमा गएर कानका गहना र नगद लुटेको आरोप छ । रानालाई भाग्दै गरेको अवस्थामा नगद ५० हजार रुपैंया सहति शुक्रबार राती प्रहरीले पक्राउ गरेको हो । स्थानीयको सहयोगमा प्रहरीले रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
पक्राउ परेका रानाले मादक पदार्थ सेवन गरेका कारण उनलाई शुक्रबार राती सुधपुछ विनानै प्रहरी हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी निरीक्षक पुष्कर पन्तले बताए । पक्राउ परेका रानामाथी शनिबार (आज)देखि प्रहरीले सोधपुछ सहति अनुसन्धान गरिरहेको छ ।