धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

जन गुनासो सुन्न सार्वजनिक यातायातमा जान्छन् मन्त्री धामी

जन गुनासो सुन्न सार्वजनिक यातायातमा जान्छन् मन्त्री धामी

धनगढी सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेस सिंह धामी जनगुनासो सुन्न सार्वजनिक यातायातमा चढ्ने गरेका छन्

धनगढी भीत्र प्राय मन्त्री धामी सरकारी गाडीमा चढ्दैनन् धनगढी बाहिर जानु पर्दा सिमित समयमा पुगनुपर्ने भएका कारण सार्वजनिक यातायातमा यात्रा गर्न नसकिएको मन्त्री धामी बताउँछन् तर धनगढी भीत्र अत्यावश्यक काम परेको खण्डमा बाहेक मन्त्रालय बाहिर निस्किदा सार्वजनिक यातायातमै यात्रा गर्ने गरेको मन्त्री धामी बताउँछन्

सरकार प्रति नागरिकको कस्तो अपेक्षा , सरकारका गतिविधिलाई आम नागरिकले कसरी बुझेका छन्, सरकारले के गर्नुपर्नेहो, आफुले सम्हालेको मन्त्रालयका बारेमा नागरिकमा कस्तो बुझाई , कम्जोरी के कस्ता छन् भन्ने बारेमा बुझ्नु धनगढी भित्र सार्वजनिक यातायातमा आवतजावत गर्ने गरेको मन्त्री धामीले बताए

सार्वजनिक यातायातमा विद्युतीय रिक्सा सवै भनदा बढी प्रयोग गर्ने गरेको उनले बताए रिक्सामा धेरै मानिस बसेका हुन्छन्, मन्त्री धामीले भने, ‘उनिहरुमध्य कसैले चिनेर सुझाव दिने गर्दछन्, कसैले मन्त्री हो भन्ने चिन्दैनन्, तर पनि एक आपसमा सरकारका बारेमा कुरा गरिरहेका हुन्छन्, सर्वसाधारणले सरकारका बारेमा कुरा गर्दा करकारको अवस्थाका बारेमा आफुलाई बुझ्ने मौका मिल्ने गरेको सरकारको बारेमा बुझ्न आफुले साधारण नागरिकको हैसियतमा नागरिक संग कुरा बुझ्ने गरेको मन्त्री धामीले बताए

उनले आफु विगतमा जस्तै सामान्ये नागरिक भएको बताउँदै मन्त्री हुँदैमा सवै विर्सन नसक्ने बताए मन्त्री एउटा पद हो, आज त्यो पद सम्हाल्ने जिम्मेवारी मलाई मिलेको , मन्त्री धामीले भने, ‘तर पद पाए भन्दैमा नागरिकको हैसियत बिर्सन सक्दैन, मेरो सोच जनताकै लेवलमा रहेर बस्नुपर्छ भन्ने सार्वजनिक सवारीमा रहेर जनताका गुनासा सुन्न पाउँदा आफुलाई खुशी लाग्ने गरेको मन्त्री धामीको भनाई