धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित

सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८०÷०८१ का लागि ल्याएको बजेट प्रदेश सभामा बहुमत सदस्यको समर्थनमा पारित भएको छ ।

शनिबार राती बसेको प्रदेश सभाको बैठकमा शत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एसका गरी ३९ जना प्रदेश सभा सदस्यको समर्थनमा पास गरिएको हो । प्रदेश सरकारले ल्याएको आगामी आर्थिक बर्ष २०८०÷०८१ को बजेटलाई प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, र स्वतन्त्र प्रदेश सभा सदस्य सहति १० जना प्रदेश सभा सदस्यले भने समर्थन जनाएनन् । एमाले र स्वतन्त्र प्रदेश सभा सदस्यले शनिबार राती बसेको प्रदेश सभा बैठक बहिस्कार नै गरेका थिए ।

प्रदेश सरकारले असार १ गते आगामी आर्थिक बर्ष २०८०÷८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख बजेट प्रदेश सभामा विनियोजन गरेको थियो । २०८०÷८१ को बजेट चालु आर्थिक बर्षको बजेट भन्दा ७ अर्ब ४८ करोड कम रहेका थियो ।

सुदुरपश्चिम प्रदेश सभामा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालु तर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पूँजीगत तर्फ १७ अर्ब २ करोड रुपैयाँ बजेट ल्याएका हुन्  ।

प्रदेश सरकारले ल्याएको बजेटमा शनिबार दिउँसो सम्म शत्तापक्षकै प्रदेश सभा सदस्यको तिब्र असहमति रहेको थियो । तर सरकारले प्रदेश सभा सदस्यका लागि भौतिक पुर्वाधार कोष मार्फत ५ करोड बजेट दिने निर्णय गरेपछि शत्तारुढ दलका प्रदेश सभा सदस्य सरकारले ल्याएको बजेटामा समर्थन दिन थयार भएका थिए । प्रमुख प्रतिपक्ष नेकपा एमालले प्रदेश सभा बैठक बस्न ढिलाई भएको भन्दै बहिस्कार गरेको हो ।