धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

बाजुरा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

बाजुरा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

धनगढी । बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको छ । बाजुरा जिल्लाका ९ वटै स्थानीय तहले समयमै पूर्ण खोपयुक्त पालिका घोषणा गरेपछि जिल्ला खोप समन्वय समिति बाजुराले पनि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको छ ।

स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ आज एक  औपचारिक कार्यक्रमका बिच बाजुरा जिल्लालाइ पूर्ण सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

९ वटै स्थानीय तहहरुमा १५ महिनामुनिका बालबालिकाको सर्वेक्षण गरी छुटेका बालबालिकालाई पुनः खोप दिएपछि जिल्लालाई पूर्ण खोप घोषणा गरेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त जनस्वास्थ्य अधिकृत महेश चन्दले बताएका छन । निमित्त जनस्वास्थ्य अधिकृत चन्दका अनुसार जिल्लामा जन्मेदेखि १५ महिनामुनिका तीन हजार  ७३ बालबालिका रहेको तथ्यांक छयसमा  खोप कार्ड भएका   बालबालिका २ हजार ७ सय ६ जना रहेका छन भने  खोप  कार्ड  नभएका ३ सय १९  जना रहेका छन् ।

बाजुरा जिल्लालाई २०७४ सालमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएपछि हरेक बर्ष जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने गरिन्छ । खोप पाउनबाट छुटेका बालबालिकाको सर्वेक्षण गर्दा कुनै पनि प्रकारका खोप नपाएका १२ जना बालिबालिका रहेका छन् । खोप घोषणा कार्यक्रममा कुनै न कुनै खोप पाएका ५७  जना बाबालिका रहेका छन् । त्यस्तै १६ देखि ५९ महिनाका बालबालिकाहरुको सर्वेक्षण गर्दा ६३ जना बालबालिका जिल्ला बाहिर रहेका अनुमान गरिएको छ ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणामा १५ महिनामुनिका ३ हजार ८८  बालबालिका छन् । ती मध्ये ३ हजार  २५  बालबालिकाले खोप पाएका छन् ।  घोषणा कार्यक्रममा   प्रत्येक वर्ष खोपलाई निरन्तरता दिने र यसलाई पालिकामा गुणस्तरिय रुपमा अझै अगाडी र यसलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि  सबैले जिम्मेवार हुनुपर्ने बडीमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्काले बताएका छन् । बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा  जिल्ला समन्वय समिति बाजुराका प्रमुख तथा जिल्ला खोप समन्वय समिति प्रमुख तुलसीराम रोकायाले गरेका हुन् ।

समिति प्रमुख  रोकायाकै अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा बडीमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्का, बुढीगंगा नगरपालिका नगरप्रमुख राम बहादुर बानियाँ, गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा, त्रिवेणी नगरपालिका  नगरप्रमुख कर्ण थापा, खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावत, नौ वटै पालिकाका स्वास्थ्य सयोजक तथा स्वास्थ्यकर्मीप्रमुख  जिल्ला अधिकारी पुष्कर खड्का तथा  सुरक्षाा निकायका प्रमुख लगायतको  उपस्थिति रहेको थियो ।