धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

स्वास्थ्यका कर्मचारीलाई फिर्ता पठाउँदै धनगढी धनगढी उपमहानगरपालिका, कर्मचारीहरु धर्नामा

स्वास्थ्य सेवा प्रभावित

स्वास्थ्यका कर्मचारीलाई फिर्ता पठाउँदै धनगढी धनगढी उपमहानगरपालिका, कर्मचारीहरु धर्नामा

धनगढी धनगढी उपमहानगरपालिकाले समायोजन भएर आएका स्वास्थ्य सेवाका कर्मचारीहरुलाई  नयाँ आर्थिक बर्षको पहिलो दिन सोमबार  काज फिर्ताको पत्र दिन खोजेको तर आफुहरु काजमा नभएर कर्मचारी समायोजना आएको भन्दै स्वास्थ्यका कर्मचारीहरुले पत्र बुझेनन्

धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ट काज फिर्ताको पत्र तयार पारेर आइतबार नै  जिल्ला बाहिर गइसकेका छन्

उपमहानरपालिकाले काज फिर्ताको पत्र तयार पारेर हाजिर हुन नदिएपछि स्वास्थ्य शाखाका समायोजनमा आएका कर्मचारी उपमहानगरपालिकामै धर्नामा बसेका छन्

कर्मचारीहरु फिर्ता पठाउन खोजेपछि उपमहानगरपालिकामा रहेका आधारभुत स्वास्थ्य केन्द्रहरुले प्रदान गर्दै आएको  सेवा प्रभावित भएको धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा  आधारभुत स्वास्थ्य केन्द्रहरु रहेका छन्  

धनगढी उपमहानगरपालिकाले स्वास्थ्यका कर्मचारीहरुलाई तलब खुवाउन नसक्ने भन्दै समायोजनमा आएका कर्मचारीहरुलाई फिर्ता पठाउन खोजेको हो   धनगढी उपमहानगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ नगर सभाले दरबन्दी बाहेकका स्वास्थ्य अरु शाखामा रहेका कर्मचारीहरुलाई फिर्ता पठाउने निर्णय गरेकोले  स्वास्थ्यका कर्मचारीहरुलाई फिर्ता पठाउने पत्र दिइएको बताउँछन्   नगर सभा काजमा आएका कर्मचारी फिर्ता पठाउने निर्णयको कायान्वयन गर्न पत्र लेखेको हु प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ भन्छन्  उपमहागरपालिकाले  तलब खुवाउन नसक्ने भएपछि फिर्ता पठाउने निर्णय भएको हो

कर्मचारीलाई फिर्ता  पठाउने निर्णय बिरुद्धका भोजराज अवस्थी  स्वास्थ्यका कुनै पनि  कर्मचारी  काजमा नआएको बताउँछन् हामी सबै कर्मचारी कर्मचारी मिलान  कर्मचारी संशोधनमा आएका हौं संयोजक अवस्थी भन्छन् त्यतिखेर धनगढी उपमहानगरपालिकाले कर्मचारी मिलान कर्मचारी मिलानको संशोधनमा सहमति दिंदा कर्मचारीहरुलाई काममा लगाउने तलब खुवाउने  सहमति जनाएको

  अहिले उपमहमनगरपालिकाले  काज फिर्ता भनेर पत्र लेखेकोले आफुहरुले पत्र नबुझेको संयोजक अवस्थी बताउछन्   संयोजक अवस्थीका अनुसार पत्रमा कर्मचारी समायोजन मिलान संशोधनको कुनै कुरा पनि उल्लेख छैन    

 प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ संघीय सरकारले दुई बर्षसम्म तलब पठाएकोले उपमहानगरपालिकाले स्वास्थ्यका कर्मचारीहरुलाई  त्यसैबाट तलब खुवाएको  भए पनि अब आफै तलब खुवाउन नसकिने बताउँछन् चालु आर्थिक बर्षबाट संघीय सरकारले तलब दिन नसक्ने पालिकाले आफै तलब खुवाउन  भनेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ धनगढी उपमहानगरपालिकासँग  तलब खुवाउन पैसा नभएकोले काज फिर्ता गरिएको हो

धनगढी उपभहानगरपालिकाले आधारभुत स्वास्थ्य सेवाको पहुच बढाउन उपमहानगरपालिकाको १९ वटै वडामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरेको   प्रत्येक आधारभुत स्वास्थ्य केन्द्रमा तीतदेखि पाच कर्मचारी रहेका छन्