धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

अर्काको लाईसेन्स प्रयोग गरी क्लिनिक सञ्चालन

अर्काको लाईसेन्स प्रयोग गरी क्लिनिक सञ्चालन

धनगढी । बैतडीमा स्वास्थ्य क्षेत्र अध्ययन नै नगरेको व्यक्तिले अवैध रुपमा क्लिनिक सञ्चालन गरेको पाइएको छ ।

स्वास्थ्य कार्यालय बैतडीले बिहीबार गरेको स्वास्थ्य संस्था अनुगमनका क्रममा सिगास गाउँपालिकाको एउटा क्लिनिक स्वास्थ्य विषय नपढेकै व्यक्तिले चलाएको पाइएको हो ।

स्वास्थ्य कार्यालय बैतडीका अनुसार सिगास गाउँपालिका२ स्थित  गाँजरिको जै अनिरुद्र सिगास क्लिनिक अबैध रुपमा सञ्चालन गरिएको पाइएपछि क्लिनिकका सञ्चालक खेमराज अवस्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका अवस्थीले स्वास्थ्य विषय अध्ययन नै नगरेको र अर्कैको लाईसेन्स प्रयोग गरी क्लिनिक सञ्चालन गरेको पाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले बताए । अवैध रुपमा क्लिनिक सञ्चालन गरेको पाइएपछि स्वास्थ्य कार्यालय बैतडीले सो क्लिनिक सिल गरेको कार्यालय प्रमुख भट्टले बताए । क्लिनिक दर्ता नगरेर  अर्के व्यक्तिको  लाइसेन्सबाट  स्वास्थ्य विषय अध्यन नगरेको व्यक्तिले सञ्चालन गरेको  पाइएपछि सिल गरिएको कार्यालय प्रमुख भट्टले बताए । सो विषयमा थप छलफल भइरहेको प्रहरीले जनाएको छ ।