धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

बैतडीका ३२ हजार घरधुरीमा छैन् बिजुली

बैतडीका ३२ हजार घरधुरीमा छैन् बिजुली

धनगढी बैतडीका ३२ हजार घर धुरीधुरीमा विद्युत सेवा पुग्न सकेको छैन

जिल्लाका ४५ हजार घरधुरी मध्ये १३ हजार घरधुरीमा मात्र विद्युतको पहुँच पुगेको जिल्ला प्रशासन कार्यालय बैतडीको तथ्याङ्कमा उल्लेख

जिल्ला प्रशासन कार्यालय बैतडीले विपद् पुर्व तयारीका लागि गरेको जिल्लाको १० वटै पालिकाको अध्ययन अनुसार बैतडीमा  अझै पनि ९५ प्रतिशत घरधुरी दाउरालाई इन्धनको मुख्य श्रोतका रुपमा प्रयोग गर्दै आएका छन् बैतडीका १० स्थानीय तहका ८४ वडामा रहेका ४५ हजार सय ९१ घर धुरीमध्ये ९५ प्रतिशत घरधुरीले परम्परागत धुवाँ निस्कने चुलोमा दाउराको प्रयोग गरेर खाना पकाउने गरेको तथ्याङ्क सार्वजनिक भएको हो 

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको विपत् पूर्वतयारीसम्बन्धी तथ्याङ्क पुस्तिका अनुसार ९५ प्रतिशत घरधुरी खाना पकाउन दाउरामा निर्भर रहेका छन् ८० प्रतिशत घरहरू ढुङ्गा गारोले बनेका कच्ची संरचनामा  छन्

९५ प्रतिशत घरधुरीले परम्परागत धुवाँ निस्कने चुलोमा दाउराको प्रयोग गरेर खाना पकाउने गरेको तथ्याङ्क सार्वजनिक भएको हो नेपाल सरकारले परम्परागत ऊर्जा खपतको अनुपातलाई सन् २०३० सम्ममा ३० प्रतिशतमा झारेर सुधारिएको चुलो, विद्युतीय चुलो एलपी ग्याँसको उपयोगमा वृद्धि गर्ने लक्ष्य राखेको तर, यो बैतडीमा पूर्णतया लागू भएको छैन