धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

गेटोको स्वामित्व प्रदेशलाई पनि हुनु पर्छ : मुख्यमन्त्री शाह

गेटोको स्वामित्व प्रदेशलाई पनि हुनु पर्छ : मुख्यमन्त्री शाह

धनगढी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गेटा मेडिकल विश्वविद्यालयको स्वामित्व प्रदेश सरकारलाई पनि हुनुपर्ने बताएका छन्

बिहीबार निर्माणाधिन गेटा मेडिकल प्रतिष्ठानको अनुगमन गर्दै मुख्यमन्त्री शाहले गेटामा मेडिकल विश्वविद्यालय प्रदेश सरकारको गौरवको योजना भएका कारण सो योजनामा प्रदेश सरकार जोडिनु आवश्यक हुने बताए

अहिले पनि प्राबिधिक तथा भौतिक संरचना निर्माण प्रक्रियामा हामी गेटालाई सहयोग गर्न चाही रहेका छौं, मुख्यमन्त्री शाहले भने, ‘तर सहयोग गर्ने कुनै आधारनै छैन, यदी गेटा मेडिकल विश्वविद्यालयका प्रदेश सरकारको पनि स्वामित्व हुनेहो भने, आगामी दिनमा धेरै कुरामा हामी सहयोग गर्न तयार छौं

मुख्यमन्त्री शाहले गेटामा मेडिकलविश्व विद्यालय बनाउने प्रक्रिया सुरु भइसकेको बताए पहिलो चरणमा एक सय शय्याको अस्पताल सञ्चालन गरिएपनि त्यसको गेटामा मेडिकल विश्वविद्यालय बनाउने सरकारको उद्देश्य प्रष्ट रहेको मुख्यमन्त्री शाहले बताए