धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024
शिक्षा ऐनमा एउटै समयमा एक जना शिक्षकले दोहोरो नियुत्ती लग्न नपाउने व्यवस्था छ ।

एउटै शिक्षक, दुई स्कुलमा नियुत्ती

धनगढी धनगढीमा एउटै शिक्षकले दुई वटा स्कुलको नियुत्ती लगेर पठनपाठन गरेको पाइएको । शिक्षा ऐन अनुसार एउटै समयमा एक जना शिक्षकले दोहोरो नियुत्ती लग्न नपाउने व्यवस्था रहेको एउटै समय भनेको विद्यालय सञ्चालन हुने समय (अर्थात घण्टा)लाई बुझ्नु पर्ने हुन्छ

तर सो व्यवस्था विपरित गेटा स्थित सरस्वति माविमा दरवन्दि भएका शिक्षकले धनगढी१२ को शारदा माविबाट समेत नियुत्ती लगेर एउटै समयमा दुई स्कुलमा काम गर्ने गरेको पाइएको हो मिश्रको गेटा स्थित सरस्वति माविमा प्रावि शिक्षकको दरवन्दि रहेको

उनि बिहान गेटामा गएर दिउँसो सम्म बस्ने दिउँसो बजे देखि शारदा मावि जुगेडामा पढाउँदै आएका छन् धनगढी१२ घर भएका शिक्षक मिश्रले दुई स्कुलबाट नियुत्ती लगेर तलव, भत्ता खाइरहेको पाइएपछि धनगढी उप महानगरपालिकाले शारदा मावि मा रहेका शिक्षकको अध्यापन अनुमति पत्र तथा तलव निकासाको भरपाई नियन्त्रणमा लगेको

सो स्कुलमा कार्यरत शिक्षक मोहनदेव मिश्रले लामो समय देखि दोहोरो नियुत्ती लगेर तलवभत्ता खाइरहेको गुनासो पछि आवश्यक कागजात नियन्त्रणमा लगेको धनगढी उप महानगरपालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्र खातिले बताए

उनले शिक्षा ऐन अनुसार एउटै शिक्षकले एकै समयमा दोहोरो काम गर्न नपाइने  व्यवस्था रहेको बताए एउटै समय भनेको विद्यालय खुल्ने समय हो, महाशाखा प्रमुख खातिले भने, ‘धनगढीका विद्यालय एउटै समयमा खुल्ने सञ्चालन हुने भएका कारण यहाँ सो समयमा कुनैपनि शिक्षकले दोहोरो सेवा लग्न पाउँदैन, त्यसरी कसैले काम गरेको भए त्यो अपराध हो

शारदा माविका प्रधानाध्यापक दिर्घराज जोशीले सरस्वति माविमा दरवन्दि भएका मिश्रले आफ्नो विद्यालयमा काम गरिरहेको स्वकारे

उनले धनगढी उप महानगरबाटस्कुलबाट केही कागजात लगेको बताए तर कुन प्रयोजनका लागि कागजात माग गरिएको हो भन्ने बारेमा आफुलाई जानकारी नभएको उनले बताए

शारदा मावि विद्यालय व्यवस्थापन  समितिका अध्यक्ष तारा कुवरले मिश्र आफ्नो स्कुलमा विगत १४ बर्ष देखि काम गर्दै आएको बताए उनलाई कसरी राखिएको हो भन्ने बारेमा भने आफुलाई जानकारी नभएको उनले बताए