धनगढी पोष्ट
आइतबार, १४ साउन २०८० मा प्रकाशित
धनगढी । धनगढीको बजार क्षेत्रमा दिउसै चोरी भएको छ । धनगढी–४ ओमशान्ति टोल स्थित सुरेन्द्र भट्टको घर तोडफोड गरेर चोरले साढे चार लाख नगद तथा दुई तोला सुन चोरी गरेका हुन् ।
सि.एन इन्टरप्राइजेजका सञ्चालक तथा घर धनि सुरेन्द्र भट्टका अनुसार घरमा कोही नभएको मौकामा घर भित्र राखिएको साढे चार लाख नगद र दुई तोला ६ आना सुन चोरी भएको हो । घरमा अन्य वस्तु पनि चोरी भएको हुन सक्ने उनले बताए । जिल्ला प्रहरी कायार्यलय कैलालीका प्रहरी निरिक्षक सुन्तोष बस्यालले चोरीको विवरण आउन बाँकी रहेको बताए । घरना स्थनमा प्रहरीको अनुसन्धानटोली परिचालन गरिएको उनले बताए । केही दिन अघि चटकपुर क्षेत्रमा पनि दिउँसै चोरी भएको थियो ।