धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुपारी दिएर सौताले मार्न लगाएकि थिइन् मञ्जुलाई

सुपारी दिएर सौताले मार्न लगाएकि थिइन् मञ्जुलाई

धनगढी कैलालीको लम्कीचुहा नगरपाकि भल्काकी ३३ बर्षिया मञ्जु रावललाई उनकी सौताले सुपारी दिएर मार्न लगाएको खुलेको

अशं सम्बन्धि भएको विवादका कारण मञ्जुको हत्या गर्न उनकी सौता गोमा रावलले सुपारी दिएर मार्न लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको ३३ वर्षीया मञ्जु रावलको स्थानीय सामुदायिक वनभित्र करिव डेढ महिना पछि आइतबार  शव फेला परेको थियो उनको मोहन्याल गाउँपालिका को बाँसघारी सामुदायिक वनमा आइतबार सडेको अवस्थामा शवभेटिएको हो घटना स्थलमा भेटिएका अन्य प्रमाणका आधारमा शव मञ्जुकै रहेको प्रहरीले पुष्टि ¥यो

अंश विवादले हत्या

२०७७ सालमा जनक रावलको मृत्युपछि मञ्जु गोमाबीचको खटपट अझै बढ्छ कान्छी श्रीमती मञ्जु श्रीमानसँगै बसिरहेकी हुन्छिन् भने गोमा रोजगारीका लागि भारतमै बढी रहन्छिन् श्रीमानको निधन भएपछि सम्पत्तिमा मञ्जु अझै हाबी भएको गोमालाई मन परिरहेको हुँदैन आफूलाई बेला बेलामा गोमाबाट ज्यान मार्नेसम्मको धम्की आएको भन्दै मञ्जुले आफ्नो सुरक्षाका लागि इलाका प्रहरी कार्यालय लम्कीमा समेत उजुरी दिएकी थिइन्

श्रीमानको मृत्युपछि मञ्जुले लम्की चुहा नगरपालिका( को वडा कार्यालयमा मृत्यु दर्ता गराइन् यसअघि नै मञ्जु श्रीमानबीच सम्बन्ध बिच्छेद भइसकेको खुल्छ त्यसपछि फेरि मृत्यु दर्तामा श्रीमती कायम गरेपछि गोमा मञ्जुको विवाद बढ्छ गोमाले मृत्यु दर्ता बदर गर्न भन्दै वडा कार्यालयमा निवेदन दिन्छिन् जिल्ला प्रशासन कार्यालय कैलालीले सम्बन्ध बिच्छेद भइसकेपछि पनि मृत्यु दर्तामा श्रीमती कायम गर्न भन्दै निवेदन दिएकी मञ्जुविरुद्ध कारबाही गर्न भन्दै निर्देशन जारी हुन्छ

२०७९ साल फागुन २६ गते मञ्जुलाई पक्राउ गरी झूटा विवरण पेस गरेको भन्दै मुद्दा चल्छ कैलाली जिल्ला अदालतले २० हजार धरौटी तोक्छ तारिखमा उनी छुट्छिन् यो मुद्दा चलिरहेकै बेला गत जेठ २५ गते वकिललाई भेट्न भन्दै गौरीगङ्गा जाँदै गर्दा उनी बेपत्ता हुन्छिन्

ढिलो गरी इलाका प्रहरी कार्यालय लम्कीमा मञ्जु हराएको निवेदन पुग्छ त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको हुन्छ यता प्रहरीले घटनाबारे तथ्य जानकारी नपाउँदै मञ्जु हराएको विषयमा सामाजिक सञ्जालमा सार्वजनिक हुन्छ उनको हत्यामा संलग्नहरू आफू पक्राउ पर्ने डरले फरार हुन थाल्छन् त्यसपछि प्रहरीलाई अभियुक्त खोज्न सकस हुन्छ

असार १३ मञ्जुका भाइ सुरेन्द्र कार्कीले सुर्खेतबाट इलाका प्रहरी कार्यालय लम्की आएरभान्जाले हराएको भन्दै निवेदन दिएकी दिदी केही व्यक्तिबीच खटपट भएको हुँदा गोमा रावलले बेपत्ता पारेको हुनसक्छ भन्दै अनुसन्धान गर्न किटानी जाहेरी दिन्छन् त्यो बेलासम्म प्रहरीले पनि सुराक पाइसकेको हुन्छ असार २५ गते उच्च अदालतमा मुद्दाको पेसीका लागि गएको बेला गोमा पक्राउ पर्छिन्

घटना भएको दिन नेपालमा थिइनँ, प्रहरी बयानमा गोमाले भन्छिन् तर, प्रहरी केरकार बढी नै भएपछि उनले घटना आफ्नो योजनामा भएको सुनाउँछिन्