धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024
नागरिक उन्मुक्ति पार्टी सरकारमा जान तयार

बिहीबार प्रदेश सरकार विस्तार गर्ने तयारी

बिहीबार प्रदेश सरकार विस्तार गर्ने तयारी

धनगढी सुदूरपश्चिम प्रदेश सरकारले विहिबार मात्र पूर्णता पाउने गरी सहमति भएको

मंगलबार विहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेस पार्टी उपसभापति पुर्णबहादुर खड्का, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री एवं नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, पार्टी संरक्षक रेशम चौधरी, नेकपा माओवादी प्रदेश संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी सहभागी बैठकले यस्तो सहमति गरेको हो

प्रदेशसभा निर्वाचन भएको आठ महिना बित्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले लय समात्न सकेका छैन् सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार जिम्मेवारी बाँडफाँट अधुरै कांग्रेसमाओवादी गठबन्धन नबन्दासम्म सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी निर्णायक अवस्थामा थियो नागरिक उन्मुक्तिको विश्वास पाउने आशासहित माघ २७ मा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएका थिए