धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

भ्रष्ट्राचार आरोप लागेका तत्कालिन वन निर्देशक विष्टले पाए सफाइ

भ्रष्ट्राचार आरोप लागेका तत्कालिन वन निर्देशक विष्टले पाए सफाइ

धनगढी सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज विष्टले विषेश अदालतबाट सफाइ पाएका छन् विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन मुद्दाका प्रतिवादी रहेका विष्टसहित उनकी श्रीमती रुबी जिसीलाई सफाइ दिएको हो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ पुस २०७८ मा विष्ट दम्पत्तिविरुद्ध मुद्दा चलाएको थियो सफाइ दिदै विशेष अदालतले उपसचिव स्तरका विष्ट उनकी श्रीमती जिसीलाई उक्त मुद्दामा अभियोग ठहर नहुने फैसला सुनाएको विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य बलभद्र बास्तोलाको इजलासबाट फैसला गरिएको हो

सुदूरपश्चिमको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको वन निर्देशक रहेका विष्टले अवैध रूपमा आर्जन गरेको सम्पत्ति श्रीमतीका नाममा राखेको थियो खारेज भएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा भ्रष्टाचार गरी झन्डै करोड रुपैयाँ अवैध रूपमा आर्जन गरेको अभियोग थियो

विष्ट वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत वन उपभोक्ता समूहका साधारण सदस्यहरू पदाधिकारीहरूले किर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने एउटै घरलाई एकभन्दा धेरै वन उपभोक्ता समूहमा सदस्य बनाई कार्यक्रमअन्तर्गत रुख कटान गर्ने कार्यमा संलग्न रहेको देखिएको सार्वजनिक लेखा समितिको उपसमितिले तयार गरेको प्रतिवेदनमा उल्लेख

समितिको उपसमितिद्वारा गठित वैज्ञानिक वन व्यवस्थापन अध्ययन उपसमितिले विष्टमाथि छानबिन गरी कारबाही गर्न निर्देशन दिएको थियो राजधानीका साथै भक्तपुरसमेतका विभिन्न स्थानमा विष्ट दम्पत्तिका नाममा जग्गा भेटिएको थियो श्रीमती रुबीका नाममा दाङ, कैलाली, कञ्चनपुरजस्ता विभिन्न ३२ स्थानमा घरजग्गा खरिद गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो १९ वटा बैंकमा खाता रहेकोसमेत खुलेको थियो विष्ट वैशाख २०५५ देखि सरकारी सेवामा थिए

अख्तियारले कात्तिक २०७७ सम्म उनको आयव्यय गणना गर्दा करोड ८७ लाख ५७ हजार रुपैयाँभन्दा बढीको स्रोत खुलाउन नसकेपछि मुद्दा चलाएको हो यस्तै अख्तियारको अनुसन्धानले सार्वजनिक सेवामा प्रवेश गरेको २२ वर्षमा उनको वैध आय १७ करोड ३७ लाख रुपैयाँ हुनुपर्नेमा २४ करोड २४ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति, लगानी व्यय गरेको देखाएको थियो त्यसपछि बिष्टमाथीको मुद्दा दायर भएको डेढ वर्षमै मुद्दा फैसला गर्दै विशेषले सफाइ दिएको