धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

कुलोलाई महाकालीको मुहान भन्नु भारतको अर्घेल्याईं हो : ओली

कुलोलाई महाकालीको मुहान भन्नु भारतको अर्घेल्याईं हो  : ओली

धनगढी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले लिम्पियाधुरामा महाकाली नदीलाई सीमाना नमानेर अर्घेल्याईं गरिरहेको भन्दै असन्तुष्टि जनाएका छन्

एमालेको विदेश विभागले शनिबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले लिम्पियाधुरामा महाकाली नदीलाई नेपाल भारतबीचको सीमाना मान्नुपर्नेमा भारतले महाकालीबाट ल्याएको अर्को कुलोलाई सीमा भनेर अर्घेल्याई गरेको बताएका हुन् कुलो खनेर महाकाली नदीको मुहान भन्नु भारतको अर्घेल्याई हो, अध्यक्ष ओलीले भने, ‘त्यस्तो पनि गर्न हो ? छिमेकीले त्यस्तो गर्नुभएन हामीले हाम्रो दावी छाड्नु हुँदैन

कालापानीमा भारतले ६१ वर्षअघि सेना ल्याएर राखेको भन्दै ओलीले विना सम्झौता, विना जानकारी एकतर्फी रूपमा सेना राखेको बताए सरकारले पनि लिम्पियाधुरामाथि दाबी गर्न आनाकानी गरेको भन्दै ओलीले भने, ‘अहिले लिम्पियाधुरा लिपुलेक हाम्रो भन्नै हुँदैन भन्ने जस्तो भएको तर दाबी छोड्न हुँदैन। उहाँहरूले (भारतले) उपभोग गरिरहेको किन हो ?

नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन आफैंले बुझ्ने तयारी गरेको तर सरकार छाड्नुपरेको ओलीले टिप्पणी गरे ईपीजी प्रतिवेदन प्रम हुँदा बुझ्ने भनिएको थियो, अध्यउक्ष ओलीले भने, ‘नबुझ्ने भन्ने थिएन तर मिती मात्रै तोकिएको थिएन पछि मैले सरकार छाड्नुप¥यो ईपीपी प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्रीले बुझ्ने सहमति भए पनि भारतीय प्रधानमन्त्रीले समय नदिएका कारण उक्त प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन