धनगढी पोष्ट
शनिबार, २० साउन २०८० मा प्रकाशित
धनगढी । कैलालीमा सम्बन्ध विच्छेद गराउने पुरुषको संख्या बढ्न थालेको छ ।
जिल्ला अदालत कैलालीका अनुसार २०७९ सालको असार देखि २०८० सालको असार सम्म कैलालीमा ६ सय ९३ वटा सम्बन्ध विच्छेद सम्बन्धीका मुद्दा दर्ता भएका थिए । ६ सय निवेदनमा पुरुष निवेदकको संख्या ४ सय रहेको कैलाली जिल्ला अदालतका श्रेस्तेदार मान बहादुर विष्टले बताए ।
सम्बन्ध विच्छेदका लागि पुरुषले पनि निवेदन निद पाउने व्यवस्था भएको छोटो समयमै पुरुष्या निवेदकको संख्या बढ्न थालेको उनले बताए । वैदेशिक रोजगारीमा जाँदा श्रीमति अर्कैसंग विहेगरेर जाने, बहु बिवाहका कारण पहिलो श्रीमतिलाई छोड्ने, सम्पति लगेर श्रीमति फरार हुने जस्ता कारणले सम्बन्ध विच्छेद गराउने पुरुषको संख्या बढेको हुन सक्ने श्रेस्तेदार विष्टले बताए ।
‘सम्बन्ध विच्छेद गराउने धेरै कारण हुन सक्दछन्,’ श्रेस्तेदार विष्टले भने, ‘तर प्रमुख कारण वैदेशिक रोजगारी र सामाजिक सञ्जालको प्रभाव देखिएको छ, महिलाको हकमा भने अर्कै कारण हुन सक्दछन् ।’ गत बर्ष कैलाली जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि परेका ६ सय ९३ उजुरु मध्य चार सय ७९ मुद्धाको अन्तिम टुङ्गो लागेको छ ।