धनगढी । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको नाममा नक्कली विज्ञापन गरी सव इन्जिनियरको परिक्षा लगेको पाइएको छ ।
अनलाईनबाट परिक्षा फारम खुलाई प्रतिव्यक्ति एक हजारका दरले शुल्क असुली गरेको र परिक्षा समेत नक्कली दिलाउन लगाइएको पाइएको छ । परिक्षाथी बाँके खजुरा–२ का मनिस शर्माका अनुसार
उनि अनलाईनमा फारम भरेर जेठ महिनाको अन्तिमतिर परिक्षा दिन धनगढी परिक्षा केन्द्र पुगेका थिए । तोकिएको परीक्षा केन्द्रमा पुग्दा सुरेन्द्र डाँगी नामका व्यक्ति भेटिएर उनले लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएकोले सरकारी एकीकृत डाटा सेन्टरमा सिर्जित समस्या भएका कारण परिक्षा स्थिगित भएको जानकारी पाए । सोही पदमा पुनः पुनः दरखास्त गर्नुपर्ने डाँगीले सुझाव दिए ।
शर्माले सुरेन्द्र डाँगीकै सल्लाहअनुसार असार २० गते नेपालगन्ज बिपी चोकस्थित एक साइबर पसलबाट पुनः एक हजार रुपियाँ तिरेर सब इन्जिनियर पदका लागि अनलाइन फाराम भरे । साउन ७ गते गोदावरी नगरपालिकाको गेटास्थित जेके सेकेण्डरी स्कुलमा पुगेर लिखित परीक्षा दिए ।
साउन १८ गते शर्मालाई परिक्षामा उत्तिर्ण भएको सूचना इमालेमा प्राप्त भयो । इमेलमा तपाईँ लिखित परीक्षामा पास हुनुभएको र मौखिक परीक्षाका लागि साउन २६ गते कैलाली आउन भनिएको थियो । साथीभाइले सामाजिक सञ्जाल फेसबुकमार्फत शर्मालाई लिखित परीक्षामा सफल भएको र मौखिक परीक्षामा पनि थप सफलताको शुभकामना भन्दै उनको नामसहित उल्लेख गरिएको सुदूरपश्चिम लोकसेवा आयोगले प्रकाशित भएको सूचना पोस्ट गरे ।
प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेश धनगढी, कैलालीको नाममा सूचना नं. १०४, मिति २०८०–४–७ गते प्रकाशित लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको विषयको उक्त सूचनामा मनिष शर्मासहित ५ जनाको नाम लिखित परीक्षामा सफल भएको र २६ गते कार्यालय समयमा आवश्यक कागजातसहित मौखिक परीक्षाका लागि उपस्थित हुन भनी उल्लेख गरिएको छ ।
शर्माले सो कुरा आफ्नी दिदीलाई जानकारी गराए । दिदीले सुदूरपश्चिम लोकसेवा आयोगको वेबसाइट हेरिन् । त्यसमा आयोगले त मिति २०८०–३–१२ गते सूचना नं. १०४(२०७९–८० को विज्ञापनमा सब इन्जिनियर पदका लागि साउन २७ गते मात्रै लिखित परीक्षामा सहभागी हुन आउन भनी जारी गरेको सूचना राखिएको थियो । सो जानकारी पाएपछि शर्मालाई आफुले दिएको परिक्षा नम्मली भएको जानकारी प्राप्त भयो ।
‘मैले सुरेन्द्र डाँगीको सल्लाहअनुसार सुदूरपश्चिम लोकसेवा आयोगले खोलेको विज्ञापनअनुसार पुनः सब इन्जिनियर पदका लागि अनलाइन फाराम भरेँ, तत्पश्चात् साउन ७ गते कैलालीको अत्तरियास्थित जेके सेकेण्डरी स्कुलमा पुगेर लिखित परीक्षा दिएँ, त्यहाँ झन्डै एक हजार बढीले परीक्षा दिएका थिए, उहाँकै इमेलबाट १८ गते मलाई इमेल प्राप्त भयो’ शर्माले भने, ‘ ‘जहाँ मेरो नामसहित अन्य व्यक्तिको नाम पनि लिखितमा पास भएको उल्लेख गरिएको थियो र २६ गते मौखिक अन्तरवार्ता लागि बोलाइएको थियो, हामीलाई त परीक्षा पनि नक्कली गर्न लगाइएको रहेछ, किन यसो गरियो थाहा छैन, कसैले पैसा पनि मागेका छैनन्, के उद्देश्यले यस्तो गरियो जानकारी भएन ।’
सुरेन्द्र डाँगी नामक व्यक्तिले किन यसो गरेका हुन् ? पीडित मनिष शर्मा अचम्म मान्नुहुन्छ । ‘पैसा पनि मागेका छैनन्, धेरै चिनजान पनि छैन, सम्पर्क पनि छैन, उहाँको फोन नम्बर पनि छैन, सबै सूचना उहाँले इमेलमार्फत दिनुहुन्थ्यो, किन यसो गर्नुभयो अचम्म लागेको छ,’ शर्माले भने, ‘परीक्षा नै नक्कली हो भने त म जस्ता परीक्षा दिएका हजारौँ व्यक्तिको जीवनसाथी खेलबाड भयो ।’ पीडित शर्मालाई इमेल पठाएका डाँगीसँग शर्माले इमेलमार्फत सम्पर्क नम्बर माग्दा उनले उपलब्ध गराएनन् ।
उल्टै पीडित शर्माको फोन नम्बर र फेसबुक एकाउन्ट शनिवार बिहानदेखि ह्याक गरिएको छ । ‘मेरो मोबाइल फोनमा शनिवार बिहानबाट फोन आउँदा पनि आउँदैन, जाँदा पनि जाँदैन, घण्टी पनि बज्दैन, कसैले फोन ग¥यो भने म्यासेजमा मिसकल मात्र देखाउँछ ।’ ‘फेसबुक एकाउन्ट पनि बिहानैबाट चलेको छैन, नयाँ पासवर्ड हाल भन्छ तर पासवर्ड हाल्ने ठाउँ देखाउँदैन ।’ पीडित शर्माले भने ।
सुरेन्द्र डाँगी नामका व्यक्तिले प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशबाट मिति २०८०(०२(०५ गते सूचना नं। ३१४ को लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचनालाई एडिट गरी मनिष शर्माको नाम राखेको पाइएको छ ।
उक्त सूचनामा ब.क्र.नं. ३, रोल नम्बर ४१० मा सफल उम्मेदवारमा अमृत चौधरीको नाम उल्लेख छ । डाँगीले अमृत चौधरीको नाम हटाएर एडिट गरी मनिष शर्माको नाम राखेको पाइएको छ ।