धनगढी पोष्ट
सोमबार, २२ साउन २०८० मा प्रकाशित
धनगढी । बैतडीमा औषधी भनेर दिएको झोलाभित्र सुन भेटिएको छ । बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा सुन भेटिएको हो । काठमाण्डौबाट दार्चुलाका लागि आइरहेको सुपप्र ०२००१ ख १३०१ नम्बरको बसबाट छाडिएको केही सामाग्रीमा आइतबार बिहान सुन फेला परेको हो ।
खोडपे प्रहरी चौकीको चेकपोष्टमा बसका स्टाफहरुले सामान छोडेको र उक्त सामानमा सुन फेला परेको प्रहरीले जनाएको छ । पाटन–८ का एक स्थानीयका आफन्तले काठामाण्डौबाट औषधी पठाएको बुझिएको छ । त्यो औषधी भनिएको वस्तु मध्येको एक प्याकेट खोलेर हेर्दा सुन भेटिएपछि चेक पोष्टमै राखेका थिए ।
सुन फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमलप्रसाद चौधरी नेतृत्वको टोलीले अनुसन्धान गर्दा प्याकेटमा सुन फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।