धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024
जेसिज सप्ताह २०२३

लागुऔषध सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न

लागुऔषध सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न

धनगढी । जेसिज सप्ताह २०२३ अन्तरगत तेश्रो दिन लागुऔषध सम्बन्धी सचेतना जगाउन धनगढीमा र्याली निकालिएको छ ।
युवालाई लागुऔषध दुव्यसन सम्बनधी सचेत बनाउन धनगढी जेसिजले सोमबार धनगढी स्थित ओम प्यालेस देखि नेष्नलमार्ग सम्म र्याली निकालेको धनगढी जेसिजका अध्यक्ष मोहनराज ओझाले बताए । र्यालीमा नेपाल प्रहरी, विद्यार्थी तथा नागरिक अगुवाको सहभागिता रहेको थियो । 
र्याली अघि धनगढी जेसिजले धनगढीको ओम प्यालेसमा विद्यार्थीसंग लागुऔषध सम्बन्धी छलफल समेत गरेको थियो । छलफलमा नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश कार्यालयका एसएसपि प्रज्वल महर्जन, धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमाल, निसर्ग अस्पतालका मनोरोग विशेषत्र डा. प्रभात साप्कोटा लगायतले विद्यार्थीलाई लागुऔषध प्रयोगको असर र त्यसबाट कसरी बच्ने भन्ने बारेमा जानकारी दिएका थिए । 
धनगढी जेसिसका अध्यक्ष मोहनराज ओझाको सभापतित्तो सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, सशस्त्र प्रहरीका प्रतिनिधिको पनि सहभागिता रहेको थियो । समुदायमा बढ्दो लागुऔसध दुव्र्यसन समस्यालाई मध्यनजर गरी बिद्यार्थीलाई त्यसबाट सचेत बनाउन नेपाल प्रहरी को सहयोगमा जनचेतना मुलक कार्यक्रम आयोजना गरिएको सचेतना कार्यक्रमका संयोजक जेसि गणेश शाहीले बताए ।
जेसि जनादर्न बम्मको मुल संयोजकत्वमा जेसिस सप्ताह कार्यक्रम २०२३ सञ्चालन भइरहेको छ । सप्ताह व्यापि कार्यक्रम अन्तरगत आइतबार धनगढी–३ मा दाँत परिक्षण गरिएको थियो ।