धनगढी पोष्ट
मङ्गलबार, २३ साउन २०८० मा प्रकाशित
धनगढी । सोमबार राती देखि भएको बर्षाका कारण कैलालीका विभिन्न स्थानमा बाढी आएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीको कैलालीको कैलारी गाउँपालिका आएको बाढीका कारण करिव दुई सय घर परिवार विस्थापित भएका छन् । कैलारी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र बमले कैलारी गाउँपालिकाका भुँइयाँफाटा, रामपुर, वसन्ता, नारायणपुर लगायतका वस्तीमा पानि पसि दुई सय ५० घरपरिवार विस्थापित भएका छन् । डुवान भएका वस्तीका घरधुरी अहिले विद्यालयमा बसीरहेको उनको भनाई छ ।
त्यसैगरी कार्णाली नदीका कारण टिकापुरका विभिन्न वडाका केही परिवार विस्थापित भएका छन् ।
कैलालीमा मंगलबार पनि भारी बर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसन पुर्वानुमान महाशाखाले सतकता अपनाउन तटिय क्षेत्रका नागरिकलाई आग्रह गरेको छ ।
कैलालीका सहायक नदी स्थिर भएपनि मंगलबार पनि कैलालीसहित सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी तटिय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।