धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
पालिका लार्भा नष्ट गर्ने अभियानमा

अस्पतालमा देखिंदै डेङ्गुका विरामी

सोमबार कैलालीका तीन पालिकाका ८ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा देखिंदै डेङ्गुका विरामी

धनगढी कैलालीका स्थानीय तहले डेङ्गु रोग भित्रिन नदिन लार्भा नष्ट गर्ने, नागरिकलाई सचेत पार्ने अभियान सञ्चालन गरेपनि अस्पतालमा भने डेङ्ग संक्रमित विरामी फेला पर्न थालेका छन्

कैलालीका विभिन्न पालिकामा डेङ्गुका विरामी फेला परिसकेका स्वास्थ्य कार्यालय कैलालीले जनाएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीका अनुसार सोमबार सम्म कैलालीका विसभन्न अस्पतालमा उपचार गर्न आएका मध्य ११ जना विरामीमा डेङ्गु संक्रमण पुष्टि भएको

उनका अनुसार कैलालीको धनगढी उप महानगरपालिकामा जना, जोशीपुर गाउँपालिकामा जना, गोदावरी नगरपालिकामा जना तथा कञ्चनपुरको पुनर्वास नगरपाकिलाका दार्चुलाका एक जनामा डेङ्गु रोगको संक्रमण पुष्टि भएको

डेङ्गु संक्रमण पुष्टि भएका ११ जना मध्य दुई तीन जना मात्रै स्थानीय रहेका अन्य भारतबाट संक्रमित भएर आएका छन् तर स्थानीय तह थप जिम्मेवार नभएमा स्थानीय संक्रमितको संख्या ह्वात्तै बढ्न सक्ने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धामी बताउँछन्

हामीले सवै पालिका, गैर सरकारी संस्थाउद्योग वाणिज्य संघ, निजी क्षेत्र लगायत सरोकारवालालाई डेङ्ग नियन्त्रणका लागि आफ्नो कार्यालय वरपर सरसफाई अभियान सञ्चालन गर्न पटकपटक पत्राचार गरेका छौं, कार्यालय प्रमुख धामीले भने, ‘तर त्यस अनुसार कुनै पनि निकाय गम्भिर भएको हामीले पाएका छैनौं, स्वास्थ्य कार्यालयले मात्रै जिम्मेवार भएर यो समस्या समाधान हुन सक्दैन

कैलालीका स्थानीय तहले भने डेङ्गु रोग नियन्त्रणका लागि लार्भा नष्टपार्ने अभियान जारी रहेको जनाएका छन् धनगढीका सवै वडामा अहिले लार्भा नष्ट पार्न नागरिकलाई सचेत बनाउने, घर वरपरका साना खाल्डाखुल्डी पर्ने, प्लास्टिकका सामग्री, टायर तथा गमलामा पानी जम्न नदिन नागरिकलाई सचेत बनाउने क्रम निरन्तर जारी रहेको , धनगढी उप महानगरपालिकाका स्वास्थय शाखा प्रमुख योगेश अवस्थीले भने, ‘कसैलाई डेङ्गु संक्रमण भएको पुष्टि भएमा हामी तत्काल संक्रमितको अवस्था अध्यन गरी उनिहरुका वरपरका व्यक्तिलाइ पनि निग्रानीमा राख्नेछौं

धनगढी उप महानगरले डेङ्ग संक्रमण फैलन नदिन वडा स्वास्थ्य क्लिनिक अभियानमा पनि डेङ्गु रोगको संक्रमण चेकजाँच गर्ने बताए कसैलाई संका लागेमा त्यसता व्यक्तिको डेङ्गु परिक्षण गर्न सीमित किट उपलब्ध रहेको उनले बताए

लम्कीचुहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बुढाले पालिकामा डेंङ्ग भित्रन नदिनका सवै वडामा लार्भा नष्ट पार्ने अभियान सञ्चालन गरिएको बताए

गत बर्ष लम्कीमा डेंङ्गु संक्रमण तिब्र रुपमा फैलिएको स्मरण गर्दै प्रमुख प्रशासकिय अधिकृत बुढाले भने, ‘त्यसबाट पाठ सिकेर हामीले यस पटक रोग भित्रनै नदिने गरी काम गरिरहेका छौं, स्वास्थ्य शाखाले उपलब्ध भएका सवै श्रोतसाधन त्यसमा प्रयोग पनि गरेको

गत बर्ष कैलालीमा डेङ्गु रोगको संक्रमण तिब्र रहेको थियो गत बर्ष कैलालीमा सय ४४ जनमा डेङ्गु संक्रमण भएको थियो, भने दुई जनाको यो रोगका कारण मृत्यु भएको थियो यसपटक रोग भित्रन नदिनका लागि स्थानीय तहले स्वंसेविकालाई वडा स्तरमै जनचेतना फैलाउन लगाउने, घर वरिपरिका खाल्डाखुल्डी पुर्ने, टायर वा खाली पानीका वोतल नष्ट गर्ने, घरमा राखिएका गमलामा पानी फेर्न लगाउने, विषादी छर्कने जस्ता गतिविधि सञ्चालन गरिरहेका छन्

यो रोगको औषधी छैन, टिकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालबहादुर रावलले भने, ‘त्यसैले रोग भित्रन नदिनुनै उत्तम उपाय ठानेका छौं, त्यसका लागि पालिकाको सवै जनशक्तिलाई परिचालन गरिएको रोग भित्रन नदिन सवै नागरिकलाई झल भित्र अनिवार्य सुत्न, घर वरिपरिका खाल्डा पुर्न तथा अन्य पानी जम्ने सवै भाडाँलाई हप्तामा दुई पटक सफा गर्न सुझाव दिने गरिएको उनले बताए