धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

भीमदत्त राजमार्गमा पहिरो जानेक्रम नरोकिएपछि सडक सुचारु गर्न समस्या

भीमदत्त राजमार्गमा पहिरो जानेक्रम नरोकिएपछि सडक सुचारु गर्न समस्या

धनगढी कैलालीमा अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्ग अझै खुलेको छैन गोदावरी नगरपालिका को बुढितोलामा सोमबार राति आएको पहिरोसँगै करिब दुई सय मिटर भासिएपछि अवरुद्ध भएको राजमार्ग सञ्चालन हुन नसकेको हो

डिभिजन सडक कार्यालयले पहिरो पन्छाउने काम जारी रहेपनि पहिरो आउने क्रम नरोकिएपछि समस्या भएको जनाएको मंगलबार राति सोही ठाउँमा फेरि पहिरो गएको । सडक डिभिजन कार्यालय महेन्दनगरका का प्रमुख हरि सुवेदीले चारवटा डोजरको प्रयोग गरेर दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको बताए भीमदत्त राजमार्गमा अहिले पनि पहिरो हटाउने कार्य जारी करिब सय मिटर माथिबाट आएको पहिरोले सडक अवरुद्ध पारेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सव इन्जिनियर नरेश भट्टले पहिरो हटाउने काम जारी रहेको जानकारी दिए

उनले पूर्ण रुपमा सडक सुचारु गर्न अझै केहि दिन लाग्न सक्ने बताए उनले आफु अहिले पनि पहिरो प्रभावित क्षेत्रमा रहेको जानकारी दिए पहिरोले सडक अबरुद्ध भएपछि सुदूरपश्चिमका सात पहाडी जिल्लाबाट आएका सवारी साधन धनगढी आउन सकेका छैनन् धनगढीबाट छुटेका सवारी साधन पनि गन्तव्यमा पुग्न सकेका छैनन् केहि व्यक्तिहरू हिँडेरै गन्तव्यमा पुगिरहेका छन् भने केहि अझै अलपत्र छन् सडक अवरुद्ध हुदाँ सवै भन्दा बढी समस्या विरामी तथा जेष्ठ नागरिक लाई भएको

पहिरोका कारण यहाँका घरमा क्षति पुगेको उनीहरु अहिले आफन्तको घरमा बसिरहेका छन् स्थानीय राई टङ्क राई, वीर बहादुर राई, वसन्त राई, नारायण राई, राकेश घिमिरे ,ईश्वर घिमिरे, दिनेश आले मगरको घर क्षति भएको अहिले पनि झरी परिरहेको हुँदा अझै क्षति हुन सक्ने भन्दै उनीहरु त्रसित छन्