धनगढी पोष्ट आइतबार, २८ बैशाख २०८२   May 11, 2025

भजनीका हजारौं घर जलमग्न

भजनीका हजारौं घर जलमग्न

धनगढी गएको सोमबारदेखि परेको अविरल वर्षाले कैलालीको भजनी नगरपालिका जलमग्न भएको बाढीको उच्च जोखिममा रहँदै आएको सो नगरपालिका जलमग्न हुँदा त्यहाँका हजारौँ नगरवासी प्रभावित भएका छन्

नगरपालिकाका प्रवक्ता एवं वडा = का वडाध्यक्ष विक्रम चौधरीले हिजोसम्म केही वडा प्रभावित भए पनि आज बिहानसम्म पुरै नगरपालिकावासी नै प्रभावित भएको जानकारी दिए हालसम्म एक हजार बढी घरधुरी प्रभावित भएको बताउँदै उनले उनीहरूको उद्धारसँगै सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताए नगर प्रवक्ता चौधरीले भने, ‘कोही सेफ हाउसमा गएका छन्

कोही हुलाकी राजमार्गका साथै अन्य सुरक्षित स्थानमा पाल टाँगेर आश्रय लिएको यो क्रम बढ्दो हामी तथ्याङ्क लिने क्रम पनि जारी राखेका छौ यसैबीच उनले उद्धारमा राहत सहयोगमा कुनै निकायले सहयोग नगरेको बताए नगरपालिकाका कै सीमित साधन स्रोतबाट रातदिन नभनी काम जारी राखेको बताउँदै अन्य निकायबाट सहयोगको अपिल समेत गरे। भजनी नगरपालिका क्षेत्र बर्सेनि बाढीको समस्या झेल्दै आएको यहाँको कन्द्रा, काँढा, पथरैया, मोहना नदीमा आउने बाढीले डुबान हुँदै आएको