बैतडीकी सरस्वतीले पाइन् ‘जिएआरसी’ अवार्ड

बैतडीकी सरस्वतीले पाइन् ‘जिएआरसी’ अवार्ड

धनगढी सिमान्तकृत समुदायको अधिकारका लागि वकालत गर्दै आएकी बैतडीकी सरस्वती नेपालीले संयुक्तराज्य अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटको यस वर्षकोग्लोबल एन्टीरेसिज्म च्याम्पियन्स अवार्ड जिएआरसी प्राप्त गरेकी छन्

बीस वर्षदेखि नेपालमा सिमान्तकृत जाति, अपाङ्ग भएका व्यक्ति गरिबहरूको मानवअधिकारको वकालत गर्दै आएकी सामाजिक कार्यकर्ता दलित समाज विकास मञ्चको अध्यक्षका रूपमा उहाले सो अवार्ड प्राप्त गरेको अमेरिकी दूतावासले जनाएको उनको प्रयासले नेपालको ग्रामीण पश्चिमी जिल्लाका धेरै दलित परिवारले जग्गाको कानुनी हक न्याय पाएका छन्

अध्यक्ष नेपालीले सन् २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजनसहित न्यायको खोजीमा थुप्रै जातीय भेदभावविरुद्धको मुद्दाहरू जितेकी छन् सम्मान समानताको खोजीमा उहाँको योगदान साहस समर्पणको उदाहरण हो बैतडीको दशरथचन्द नगरपालिका०४ गढीमा जन्मीएकी सरस्वती नेपाली करिव २५ दशक यता मानव अधिकारबादी अभियन्ताका रुपमा कृयाशील छन्

उनले १५बर्षको उमेरदेखी सामाजिक अभियानहरुमा काम गर्दै आएकी छन् उनले हालसम्म मानअधिकार उल्लघनका दर्जनौ मुद्धाहरुमा वकालत गरेकी छन् दलित, महिला, बालबालिका, पिछडावर्गका मुद्धाहरुमा वकालत गर्दै उनिहरुको न्यायका लागि अभियान चलाउदैँ आएकी छन् उनले जिल्ला स्थीत संघ संस्था सञ्चालन गरि केहि व्यक्तिलाई रोजगारीको अवसरसंग जोड्नुका साथै असहाय टुहुरा बालबालिकाहरुलाई साहारा दिने निकाय सम्म पु¥याएकी छन्

नेपालीले यसअघि समेत लाख राशीको अन्तराष्ट्रिय दर्नाल अवार्ड प्राप्त गरिसकेकी छन् यस अवार्डले आफ्नो काम गर्ने हौसला बढेको अभियन्ता नेपालीले बताएकी छन् आफ्नो बच्चै देखि अन्यायका विरुद्ध बोल्ने आदतले यहाँसम्म पुर्याएको उनको भनाई

उक्त अवार्ड विश्वका जना महिलाले प्राप्त गरेका छन्। अवार्ड प्राप्त गर्नेमा नेपालबाट सरस्वती नेपाली, ब्राजिलकी कारी गुजारारा, ओस्वाल्डो बिलबाओ लोबाटोन -पेरु_, रानी यान -बंगलादेश_, सादिया मोस्बाह -ट्युनिसिया_, भिक्टोरिना लुका -मोल्डोभा_ रहेका छन्