धनगढी पोष्ट
बिहिबार, २५ साउन २०८० मा प्रकाशित
धनगढी । कैलालीका पहिरो पीडितले मुख्यमन्त्री कार्यालयमा धर्ना दिएका छन् ।
जिल्लाको चुरे गाउँपालिका र गोदावरी नगरपालिकाका पहिरो पीडितहरु मुख्यमन्त्रीको कार्यालयमा पुगेका हुन् । सुदूरपश्चिम प्रदेशको मुखयमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुले व्यवस्थापनको माग गर्दै धर्ना दिएका छन् । जिल्लाको गोदावरी र चुरेका १६९ घर परिवारले मुख्यमन्त्री कमल बहादुर शाहलाई व्यवस्थापन गर्न माग गरिरहेका छन् । २०७७ सालमा आएको पहिरोबाट विस्थापित भएका चुरे गाउँपालिका वडा नम्बर ४ मा रहेको पनेरुगडामा बसिरहेका थिए ।
उनीहरूलाई जेठ ६ गते त्यहाँबाट हटाइएको थियो । त्यसपछि आफन्तको घरमा बसिरहेकाहरू अहिले दीर्घकालीन व्यवस्थापनको माग गरिरहेका हुन् । चुरे गाउँपालिका र गोदावरी नगरपालिकाका जनप्रतिनिधि सँग समन्वय गरेर व्यवस्थापन गर्ने भन्दै आफूहरूलाई हटाइएको बताएका उनीहरूले अहिले आफ्नो समस्या समाधानमा कसैले पनि चासो नदिएको आरोप लगाएका छन् ।