एक सय १८ जनाद्धारा रगतदान

एक सय १८ जनाद्धारा रगतदान

धनगढी धनगढीमा एक सय १८ जनाले रक्तदान गरेका छन् शनिबार बैतडी समाजले आयोजना गरेको रक्तदानमा एक सय १८ जनाले रगत दान गरेका हुन्

बिहान बजे देखि सुरु गरिएको रक्तदान कार्यक्रममा १० महिला सय जना पुरुष गरी ११८ जनाले रक्तदान गरेको बैतडी समाज कैलालीका अध्यक्ष माया प्रकाश भट्टले बताए रक्तदान जीवनदान भन्ने नाराका साथ समाजले रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको समाजका अध्यक्ष भट्टले जानकारी दिए बैतडी समाज कैलालीले रगतको अभाव भएको बेला अन्य समयमा पनी रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ।विगतमा पनि यस्ता थुप्रै कार्यक्रम गरिसकेको रक्तदान संयोजक राज बहादुर चन्दले जानकारी दिए

बैतडी समाज कैलालीले हरेक वर्ष बैतडीका ग्रामीण दुर्गम भेगमा स्वास्थ्य शिविरको पनि आयोजना गर्दै आएको यसअघि समाजले बैतडीको पाटन मेलौलीमा दुई वटा बृहत स्वास्थ्य शिविरको आयोजना सम्पन्न गरिसकेको बैतडीको पाटनमा आयोजना भएको स्वास्थ्य शिविरमा ३२ सय जना मेलौलीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ५७ सय ६० जनाले स्वास्थ्य जाँच गराएका थिए भने आज सम्म हजार २३ जनाले रक्तदान गरेको संयोजक चन्दले बताए

यो समाज बैतडी जन्म घर भई हाल कैलालीमा आई बस्नेहरुको, कामगर्नेहरुको पढ्ने विध्यार्थीहरुको साझा समूह हो,उनले भने रचनात्मक कार्यक्रम देखि लिएर तालिम गोष्ठी, संस्कृति संरक्षणका साथै वृक्षारोपण रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको समाजले जनाएको आयोजकले रक्तदान गर्ने सम्पुर्ण रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गर्दै धन्यवाद ज्ञापन गरेको थियो