धनगढी पोष्ट
शनिबार, २७ साउन २०८० मा प्रकाशित
धनगढी । पहिरोका कारण अबरुद्ध बनेको कैलालीको बुढीतोला स्थित पृथ्बी राजमार्गमा एक तर्फि सवारीका लागि ट्रयाक तयार पारिएको छ ।
ट्रयाक पुर्ण रुपमा सवारीको भार धान्न नसक्ने देखिएपछि सडक डिभिजन कार्यालयले सो ट्रयाकमा खाली सवारी मात्रै ग्ड्न दिएको छ । सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बुढीतोलाबाट खाली ट्रक तथा टिप्पर गन्तव्यतिर आंशिक रुपमा जान थालेको बताएको छ ।
सोमबार राति आएको अविरल वर्षाका कारण सुदूरपश्चिमको सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमागको भ्यागुते पानी, बुढी तोला लगायतका क्षेत्रमा पहिरो जाँदा सडक अबरुद्ध बनेको थियो । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–४ बुढीतोलामा सडक भाँसिएपछि नयाँ ट्रयाक खोलिएको छ ।
खोलिएको नयाँ ट्रयाकमा मुस्कीलले खाली गाडीहरु आवतजावत चलाउन दिइएको ट्राफिक प्रहरीले जनाएको छ । तर नयाँ ट्रयाकको जमिन मुनी पानी भएकाले सडक हिलाम्य हुँदा अन्य यातायातका सवारी साधनलाई सञ्चालनमा आउन नदिइएको प्रहरीले जनाएको छ । अहिले सो ट्रयाकमा ढुंगा भर्ने कार्य भइरहेको छ ।