धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024
मुख्यमन्त्री शाहद्धारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

बाढीको क्षतिपुर्ति दिन्छौं : मुख्यमन्त्री शाह

बाढीको क्षतिपुर्ति दिन्छौं : मुख्यमन्त्री शाह

धनगढी सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले कैलाली जिल्लाका बाढी प्रभावित विभिन्न पालिकाहरुहको निरीक्षण गरेका छन् मुख्यमन्त्री शाहले जिल्लाका कैलारी गाउपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका, जानकी गाउपालिका, टीकापुर नगरपालिका लम्कीचुहा नगरपालिकाका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन्

भौतिक बिकास मन्त्री प्रकाश देउवा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट  सहित गएका गएका मुख्यमन्त्री शाहले बाढी प्रचावितहरुसँग पनि भेटघाट गरेका छन्

 कैलारी गाउपालिकामा वडा नम्बर का बड्का बसन्ता छोट्की बसन्ताका बाढीबाट बिस्थापित क्षेत्रको मुख्यमन्त्री सहितको टोलीले निरीक्षण गरेको कैलारी गाउपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताए टोलीले कैलारीको वार्ड नम्बर जोड्ने घुरही  नदीको पनि निरीक्षण गरेका छन् घुरही  नदीको छेउको माटो कटान भएर  एक छेउ भास्सिएर पुलमा क्षति पुगेको   पुलमा क्षति पुगेपछि अहिले ठुला सवारी साधन चल्न  सकेका छैनन्   वडा नम्बर मोहनपुरको मोहना नदीको कटान पनि टोलीले निरीक्षण गरेको

अध्यक्ष चौधरीका अनुसार मुख्यमन्त्री शाहले बाढीबाट बिस्थापितहरु अन्य क्षतिको बिबरण जिल्ला प्रशासन कार्यालयमा बुझाउन आगह गर्दै त्यसका आधारमा प्रदेश सरकारले बाढीको क्षति उपलव्ध गराउने बताए   ‘पालिकाको क्षतिको बिबरण संकलन गरेर  प्रशासनमा पठाउनुस् मुख्यमन्त्री शाहको भनाई उदृत गर्दै पालिका अध्यक्ष चौधरीले भनेप्रदेश सकारले क्षतिपुर्ति दिन्छ

 घुरही नदीको पुल संचालनका लागि आवश्यक काम पनि अघि बढाउने प्रतिवद्धता पनि मुख्यमन्त्री शाहले व्यक्त गरेका छन्

 त्यस्तै मुख्यमन्त्री शाहले टीकापुर नगरपालिका जानकी गाउँपालिकाका बाढी प्रभावित क्षेत्रको पनि  अनुगमन गरेका छन्   सो क्रममा रानी जमरा कुलरिया सिंचाई आयोजनका प्रमुखलाई मुख्यमन्त्री शाहले बाढीका कारण भएको कटान क्षेत्रमा तत्काल तटबन्ध बनाउन निर्देशन दिएका छन्    मुख्यमन्त्री शाहले  सो क्षेत्रका बाढी प्रभावितहरुसँग  पनि भेटघाट गरेका छन्