धनगढी पोष्ट बुधबार, ०६ फागुन २०८२   February 18, 2026

पहाडी जिल्लामा पेट्रोलिमय पदार्थको अभाव

पहाडी जिल्लामा पेट्रोलिमय पदार्थको अभाव

धनगढी सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा पेट्रोलिमय पदार्थको अभाव भएको प्रदेशको पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग विगत एक सातादेखि अवरुद्ध हुँदा सात पहाडी जिल्लामा पेट्रोलिमय पदार्थको अभाव भएको हो

पहिरोका कारण कैलालीको गोदावरी नगरपालिका, बुढीतोला क्षेत्रको सडकखण्ड अवरुद्ध भएपछि पहाडी जिल्लामा डिजेल, पेट्रोल एलपी ग्यासको अभाव भएको बताइएको साउन २३ गते बिहान खसेको पहिरोले सडक अवरुद्ध हुनका साथै भासिएको सडक अवरुद्ध भएको पाँच दिनपछि शनिबार मात्रै ट्र्याक खोलिए पनि हिलाम्मे सडकमा यातायात सेवा सञ्चालन हुन सकेको छैन

तराईबाट पहाडी जिल्लामा पेट्रोलिमय पदार्थ ढुवानी गर्न सकिएको छैन् विभिन्न जिल्लाका पेट्रोल पम्पहरू रित्तिन थालेका छन् । त्यस्तै तरकारी पनि बजारमा लैजाने नसक्दा बारीमा नै कुहिएको तराई पहाड जोड्ने मुख्य राजमार्ग एक सातासम्म अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्री ढुवानीमा पनि समस्या भएको व्यवसायीले बताएका छन्