धनगढी पोष्ट शुक्रबार, ०४ बैशाख २०८३   April 17, 2026

क्वारेन्टिनमा बसेका सबैको नमूना पठाउन अनुरोध

क्वारेन्टिनमा बसेका सबैको नमूना पठाउन अनुरोध

धनगढी

 सुदूरपश्चिममा रहेका सवै नागरिकको अनिवार्य पिसिआरका लागि स्वाप संकलन गरी प्रयोगशालामा पठाउन स्वास्थ्य निर्देशनालयले स्थानीय तहलाई आग्रह गरेको

स्वास्थ्य निर्देशनालय राजपुर डोटीले प्रदेशका वटै जिल्लाका ८८ वटै स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टिनमा बस्दै आएका नागरिकको नमूना संकलन गरी धनगढी प्रयोगशाला तथा डडेलधुरामा पठाउन आग्रह गर्दै पत्र पठाएको हो  

 निर्देशनालयले आइतबार पत्राचार गर्दै प्रदेशका सम्पूर्ण स्वास्थ्य कार्यालयलाई क्वारेन्टिनमा बसीरहेका तथा अवधी पुगेका सबैको स्वाब संकलन गरी धनगढी डडेल्धुरा प्रयोगशालामा पठाउन अनुरोध गरेको हो  प्रदेशका क्वारेन्टिनमा बसीरहेका व्यक्तिहरुको संख्या दिन प्रतिदिन घट्दै गइरहेको भन्दै नेपाल सरकारको कोरोना परीक्षण गाइडलाइन अनुसार नमूना पठाउन अनुरोध गरिएको पत्रमा उल्लेख

 संक्रमित क्षेत्रबाट फर्केका तथा संक्रमितको सम्पर्कमा आएको देखि १० दिनभित्र पिसीआर जाँचका लागि उपयुक्त हुने भन्दै तुरुन्त सम्पूर्णको नमूना पठाउन भनीएको स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए हाल सुदूरपश्चिममा हजार बढी नागरिक क्वारेन्टिनमा बस्दै आएका छन्

 प्रदेशका विभिन्न क्वारेन्टिनबाट संकलन गरिएका स्वाव मध्य सय बढीको स्वावको नमूना परिक्षण हुन बाँकी