धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

विपदमा सवैको सहकार्य अवश्यक छ : बेस्रा

विपदमा सवैको सहकार्य अवश्यक छ : बेस्रा

धनगढी सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा मानून मन्त्रालयका निमित्त सचिव विश्वदिप  बेस्राले विपदका वेला सवै निकाय मिलेर अघि बढ्नु जरुरी रहेको बताएका छन्

धनगढीमा सम्पन्न विपद जोखिम न्यूनीकरण व्यवस्थापनमा सञ्चार माध्यामको भूमीका विषयक छलफल कार्यक्रममा निमित्त सचिव बेस्राले प्रदेश सरकारले स्थानीय तहले माग गरे बमोजिक श्रोत उपलब्ध गराउने गरिएको बताए उनले विपद पूर्व तयारी तथा विपद पछिको उद्धार राहत वितरणमा तीनै तहका सरकारको समन्वय तथा सहभागिता हुनु जरुरी रहेको बताए

विपदका प्रकार अनुसार स्थानीय तह, प्रदेश संघीय सरकारको जिम्मेवारी तोकिएको , बेस्राले भने, ‘तीन वटै सरकारकारले आफ्नो जिम्मेवारी अनुसार काम गर्ने गरेका छौं उनले प्रदेश सरकारले विपद प्रतिकार्य योजना निर्माण गरेर सोही अनुसार काम गरिरहेको बताए तर त्यस बारेमा आम नागरिकलाई जनाकारी गराउन नसिकएको उनले बताए त्यस बारेमा आगामी दिनमा सञ्चार माध्यामलाई पनि जानकारी गराउने छौं , उनले भने, ‘विपदमा गरेको कामको जनकारी दिन मन्त्रालयले प्रबक्ता पनि तोकेको

नेपाल पत्रकार महाँसंघ कैलाली शाखाकि सदस्य भावना जोशीले प्रदेश सरकारले विपद व्यवस्थापनका क्षेत्रमा गर्ने कार्यक्रमका बारेमा जानकारी नहुने गरेको भन्दै गुनासो गरिन्

आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा मर्सिकोरको एमरेड परियोजनाको प्राबिधिक सहयोग नेपाल पत्रकार महाँसंघ कैलाली शाखाको  समन्वयमा दुई दिने छलफल कार्यक्रम सञ्चालन भएको हो

तालिममा मर्सिकोर नेपाल धनगढीका प्रमुख कृष्न बसौलाले विपद पुर्व तयारी, प्रतिकार्य पुनर्लाभका क्षेत्रमामा गरिएका प्रयास चुनौति बारेमा अभिमुखिकरण गरेका थिए त्यसैगरी मर्सिकोरकी बरिष्ट जेसि अधिकृत संगिता अधिकारी आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी एवंम विपद् सम्पर्क व्यक्ति लक्ष्मी प्रसाद जोशीले पनि कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका थिए