धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

भिमदत्त राजमार्ग आंशिक रुपमा सुचारु

भिमदत्त राजमार्ग आंशिक रुपमा सुचारु

धनगढी धनगढी। एक सातादेखि पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग सुचारु भएको

गत सोमबार राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका बुढीतोला क्षेत्रमा पहिरोले सडक भासिएको थियो वर्षा पहिरोका कारण करीब सय मिटर सडक भासिएपछि सुदूरपश्चिमका पहाडी जिल्लाको तराईका जिल्लासंगको यातायात सम्पर्क टुटेको थियो

सडक भासिएपछि नयाँ ट्रयाक खोलेर सडक सुचारु गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको राजमार्ग आंशिकरुपमा सञ्चालन भए पनि बेलाबेला यातायात अवरुद्ध हुने गरेको लगातारको बर्षाका कारण नयाँ खोलिएको ट्रयाकमा समेत सवारी साधन सञ्चालनमा समस्या आएको थियो ट्रयाक ढुंगा विछ्याएपछि सोमबारदेखि राजमार्ग सुचारु भएको ट्राफिक प्रहरीले जनाएको

सडक सुचारु भएसंगै तराईबाट पहाड पहाडबाट तराईका लागि यातायातका साधनहरु चल्न थालेका छन् अहिले १० चक्के ट्रक सम्मलाई आवतजावत गर्न दिइएको भने त्यो भन्दा ठूला सवारी साधनमा रोक लगाइएको सडक सुचारु भएपनि बर्षाका कारण जोखिम भने कायमै रहेको बुढीतोला क्षेत्रमा पहिरोको जोखिम रहेकाले सडक अवरुद्ध हुन सक्ने बताइएको नयाँ खोलिएको ट्रयाक पनि हिलाम्य भएकाले सवारी साधन सञ्चालनमा भने समस्या रहेको