धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

निसर्गमा एक सय चार वर्षीय वृद्धको शल्यक्रिया

निसर्गमा एक सय चार वर्षीय वृद्धको शल्यक्रिया

धनगढी धनगढी स्थित नीजि क्षेत्रबाट सञ्चालित उत्कृष्ठ स्वास्थ्य संस्था निसर्ग अस्पिटल एण्ड रिसर्च सेन्टरमा एक सय चार बर्षिया वृद्धको सफल सल्य क्रिया भएको अनुभवि स्वास्थ्यकर्मी आधुनिक प्रबिधिको प्रयोगका कारण निकै जटिल अवस्थामा पनि शताब्दि पुरुषको सल्यक्रिया गर्न अस्पताल सफल भएको हो

घर नजिकै पानीधारामा लिप्लिएर हजुर बुबा उठ्नै नसक्ने हुनु भयो, एक सय चार बर्षिय बृद्धका नाती जीवन महराले भने, ‘ उमेरले शताब्दि नाघि सकेको थियो, अस्पताल लगेर पनि निको हुँदैनकी भन्ने मनमा चिसो पसेको थियो, तर निसर्ग अस्पतालले हाम्रो मुहारमा खुशी ल्याइदिएको , यसका लागि अस्पताल टीमलाई धन्यवाद भन्न चाहन्छ

कञ्चनपुर, राजघाट का एक सय चार वर्षीय टिकाराम महरालाई उपचारका लागि धनगढीस्थिति निसर्ग हस्पिटलमा पुर्याइयो उमेरले सताब्दी नाघेका हजुरबुबा चिप्लिएर लड्दा जाँघको हड्डीभाँचिएको थियो बुढो उमेरमा भाँचिएको हड्डी के गर्नेभन्ने दुविधा थियो हामी के गर्ने कसो गर्ने भन्ने दोधारमा थियौँ, महराका नाति जिबन महराले भने, ‘त्यसपछि धेरैको सल्लाह अनुसार निसर्ग हस्पिटलमा ल्यायौँ बाजे फेरि पुरानै अवस्थामा फर्कनु होला भन्ने हामीले सोचेका थिएनौँ

यस्तो अवस्थामा शल्यक्रिया नगर्दा बिरामीले लामो समयसम्म बेडमै सुतिरहनुपर्ने त्यसो गरे खुट्टाका नसामा रगतजम्ने, बेडसोर हुने, स्वासप्रस्वासमा समस्या आउने, न्युमोनिया हुने, यताउता हल्लिँदा कडा दुखाइहुने तथा ज्यान नै जोखिममा पर्ने खतरा चिकित्सकहरुले देखे

यो उमेरमा शल्यक्रिया समेत आफैमा जोखिमपूर्ण थियो जाँङको हड्डीभाँचिएर निसर्ग हस्पिटल पुगेका महराको अर्थोपेडिक सर्जनद्वय डा श्रीरामखाती, डा ओमकार बिष्ट, एनेस्थेसियोलोजिष्टद्वय डा हेमन्तओझा, डा सुनिल भट्ट फिजिसियन डा हितेश जोशीको टिमले शल्यक्रिया सम्पन्न गर्यो सफल शल्यक्रिया पश्चात अहिले एक सय चार वर्षीय टिकाराम टिकाराम हिडडुल गर्न सक्ने भएका छन यो निसर्ग अस्पतालमा गरेको अहिले सम्मकै सबैभन्दा बढी उमेरमागरिएको शल्यक्रिया हो

बुढेसकालमालामो समयसम्म बेडमै सुतिराख्दा जटिलता थपिन सक्ने जोखिम भएकाले पनिउहाँलाई बस्न, उभिन हिंड्न सक्ने बनाउन एकदमै जरुरी थियो, अर्थोपेडिक सर्जन श्रीरामखातीले भने महराको परिवारका सदस्यहरुसँग सबै विकल्पहरु जोखिमबारे छलफल गरेपछि उनको स्वास्थ्यमा सकेसम्मकम जटिलता आउने शल्यक्रियागर्ने सल्लाह अनुसार उच्च सावधानी सहित शल्यक्रिया सम्पन्न भएको डा ओमकार बिष्टले जानकारी दिए एक सय चार वर्षको उमेरमा घरै अगाडि लडेर थला परेका बाजेलाई फेरि खुट्टा टेकेर उभिएको पाइला सारेको देख्दा उनका छोराछोरी, नातीनातिनी, पनातिपनातिनी मात्र होइन चिकित्सक पनि खुशीले दंग परेका थिए