धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024
वन मन्त्री र राजयमन्त्रीद्वारा मातहतका कार्यालयको अनुगमन

सरकारी कार्यालय भीत्र सड्ने अवस्थामा रहेको काठ व्यवस्थापन गर्दै प्रदेश सरकार

सरकारी कार्यालय भीत्र सड्ने अवस्थामा रहेको काठ व्यवस्थापन गर्दै प्रदेश सरकार

धनगढी सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश सिहं धामी राज्य मन्त्री गीता देवि मालले मातहतका कार्यालयको अनुगमन तथा निरिक्षण गरेका छन्

बुधबार मन्त्रालय नजिकै रहेको सशस्त्र वन सुरक्षा शाखा कार्यालय धनगढीको अनुगमन गर्दै मन्त्री धामी राज्यमन्त्री मालले त्यहाँको वस्तु स्थिती बुझेका हुन् मन्त्री धामीले मातहतका कार्यालयको निरिक्षण गर्दै कर्मचारीलाई काममा जवाफदेही हुन परिणाम देखाउने गरी काम गर्न निर्देशन दिए

कार्यालय निरिक्षण गर्दै मन्त्री धामीले कार्यालय परिसरमा रहेको काठ तथा सवारी साधनको लगत संकलन गरी त्यसको उचित व्यवस्थापनका लागि आवश्यक पहल भइरहेको समेत बताए

मन्त्री धामीले प्रदेशका सवै वन कार्यालयमा लामो समय देखि काठ थन्किएको पाइएको बताए त्यसरी काठ थन्किदा राज्यलाई पनि आर्थिक नोक्सानी हुने नागरिकले पनि ती सामग्री  उपभो गर्न नपाएका कारण सवै काठको व्यवस्थापनका लागि मन्त्रालयले समिति गठन गरेको बताए सो समतिको निर्देशन अनुसार जिल्ला स्थित डिभिजन वन कार्यालयले सरकारी कार्यालयमा रहेको काठको लगत संकलन गर्ने कार्य अघि बढाएका छन्, मन्त्री धामीले भने, ‘त्यो निर्देशन कार्यान्वयन भए÷नभएको जानकारी लग्नका लागि पनि अनुगमन गरिएको हो, काम समयमै होस् भन्ने मन्त्रालयको उद्देश्य हो

मन्त्री धामीले सरकारी कार्यालय परिषरमा रहेको काठ व्यवस्थापन गर्दा राज्यलाई केही आम्दानी हुने जनताले सहुलियत तरिकाले वन पैदावारको सदुपयोग गर्न पाउने बताए त्यसैगरी वन मुद्धामा समातिएर लामो समय देखि सरकारी कार्यालयमा थन्किएका सवारी साधान लामो समय देखि प्रयोग विहीन अवस्थामा रहेका काम नलाग्ने सरकारी सवारीसाधनको व्यवस्थापनका लागि यातायात व्यवस्था कार्यालयका प्राबिधिक संग छलफल भइरहेको बताए

मन्त्री स्तरिय निर्णय संगै काठ व्यवस्थापनका लागि प्रदेशका १० वटै डिभिजन वन कार्यालयलाई परिपत्र भइसकेको , मन्त्री धामीले भने, ‘त्यसमा नीतिगत समस्या भए मन्त्रालयले सुल्झाउने , विना कारण काम लम्याउन दिइने छैन

मन्त्री धामीले पहिलो चरणमा सरकारी कार्यालयमा रहेको पुरानो काठ सवारीको व्यवस्थापन गरिन लागिएको बताए त्यस पछि सामुदायिक वनमा रहेको वेवारिसे तथा लामो समिय देखि थन्किएर रहेको काठको पनि व्यवस्थापन गरिने बताए