धनगढी पोष्ट 
                                बिहिबार, ३२ साउन २०८०  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी । शौचालयको सेफ्टिट्याङ्कीमा फसेर कञ्चनपुरमा हात्तीको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको सेफ्टिट्यान्कीमा फसेर जंगली हात्तीको मृत्यु भएको हो । राति चर्न निस्किएको हात्ती सेफ्टिट्यान्कीमा परेर निस्किेका कारण मरेको शुक्लाफाँटा–७ वडाध्यक्ष प्रताप धामीले बताए । हात्तीको शरिरको पछाडी पट्टीको आधा भाग ट्यांकीमा फसेकोले निस्किन नसकेको निकुञ्जले जनाएको छ ।