धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

रेशमको नेतृत्वमै टीकापुर घटना भएको सर्वोच्चको ठहर

रेशमको नेतृत्वमै टीकापुर घटना भएको सर्वोच्चको ठहर

धनगढी । सर्बोच्च अदालतले रेशम चौधरी नेतृत्वमै कैलालीको टिकापुर घटना भएको निष्कर्ष निकालेको छ ।
टिकापुर घटनाका सन्दर्भमा गरिएको फैसलाको बुधबार पुर्ण पाठ सावैजनिक गर्दा सो पाठमा टिकापुर घटना अत्यन्त क्रुर र मानव सभ्यता विपरित भएको उल्लेख छ । जसको नेतृत्व नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका रेशम चौधरीले गरेको अलादतको पुर्ण पाठमा उल्लेख गरिएको छ । साथै चौधरीमाथिको जन्मकैदमाथि राष्ट्रपति रामचन्द्र पौडेलले गरेको माफी मिनाहालाई समेत सर्वोच्च अदालतले गम्भीर प्रश्न उठाएको छ ।
सर्वोच्च अदालतले बहुचर्चित टीकापुर घटनासम्बन्धी मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै त्यसलाई ‘क्रुर, अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनी व्याख्या गरेको हो ।
सर्वोच्च अदालतले व्याख्यामा भनेको छ, ‘रेशम चौधरी नेतृत्वको भीडले जीवनदानको भिख मागेका ८ जना प्रहरी कर्मचारीलाई लाठी, ढुङ्गा, बन्चरो प्रहार गरी, आँखामा भाला रोपी शरीरमा खर, पेट्रोल, मट्टीतेल खन्याई जलाउने र शवहरू क्षत–विक्षत गर्ने जस्तो सभ्य समाजको अपेक्षा र मानवीय चेतना विरुद्ध अत्यन्त अमानवीय, क्रुर र निर्मम ढङ्गले ज्यान मारेको देखिन आई कसुर शङ्का रहित तवरले पुष्टि हुन आयो ।’
सर्वोच्च अदालतको यो फैसलाले रेशम चौधरीमाथिको माफी मिनाहा बदर हुने अवस्था देखापरेको पूर्व महान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमेश बडालले बताए ।