धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

राना समुदायको तिज आज

राना समुदायको तिज आज

धनगढी । तराईमा बसोवास गर्दै आएका राना समुदायको तिज आज मनाइदैछ

राना समुदायमा तिजलाई महत्वपुर्ण पर्वका रुपमा मनाइने गरिन्छ देशभर मनाइने तिज झै राना समुदायका महिलाले पनि आज दिनभर ब्रतच बसेर पर्व मनाउने गरेको राना थारु समुदायका बुद्धिजीवी डा. जीवन रानाले बताइन्   त्यसरी वर्त बस्ने महिलाले आफ्ना भाई भतिजाको दिर्घ आयु, शुख शान्तिको कामना गर्ने गर्दछन्

पानीसमेत नखाएर दिनभरि व्रत बस्ने गर्छौ, उनले भनिन्, ‘पछि साँझ नदीमा पूजाआजा गरेर त्यहीँ प्रसादको रूपमा तयार पारिएको परिकार खाने चलन

आफूहरूको तिज दरबिनाको तिज रहेको रानाले बताइन् अरू समुदायको जस्तो हाम्रो तिजमा दर खाने चलन छैन, उनले भनिन्, ‘साँझ पूजाआजा गरेर प्रसाद ग्रहण गरेपछि सामान्य भोजन गरेर महिलाले यो पर्व मनाउने गरेका छन् राना समुदायमा महिला संगै पुरुष पनि तिजका दिन वर्त बस्ने गर्दछन्

तीजको दिन दिनभरि निराहार व्रत बसेर अपराह्न वा बेलुकातिर नदीमा गएर पूजा गर्ने चलन रहेको त्यस क्रममा व्रतालु महिलाहरू समानकी डोला बनाउन प्रयोग गरिएको डोरी (मुरिया) काटेर लग्ने गर्दछन् यसै गरी, झुरकी(कुसको गाँठो) बनाएर लग्ने चलन विवाहित व्रतालुले सात वटा गाँठो अविवाहितले पाँच वटा गाँठो बनाएर झुरकी लग्ने गरेको स्थानीय रामरतोदेवी रानाले बताइन्