धनगढी पोष्ट 
                                शनिबार, ०२ भदौ २०८०  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी । नेपाली काँग्रेसकी केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले काँग्रेसको बलमा अहिले अरु दलले सरकार बनाएका बताएकिछन् । 
धनगढीमा नेपाल विद्यार्थी संघ कैलालीद्वारा आयोजित रक्तदान तथा वनभोज कार्यक्रममा सहभागि आरजुले काँग्रेसकै बलबुतामा सरकार बनेको र टिकिरहेको दाबी गरिन् । उनले देश अहिले काँग्रेसको गाइडेन्समा अगाडि बढिरहेको पनि बताइन् । आरजुले भनिन्,– नेपाललाई अगाडि लग्ने हो भने नेपाली काँग्रेसले नै हो गाइड गर्नसक्ने ।
अहिले पनि गठबन्धनमा मेन गाइडेन्स नेपाली काँग्रेसकै छ । हाम्रै बलबुतामा अरु पार्टीहरुले सरकार बनाएका छन् । कांग्रेसले भन्दै आएको लोकतन्त्र समाजवाद र राष्ट्रियताको विषयलाई अहिले सत्ता गठबन्धनका अन्य दलहरूले पनि मनन गरेको र त्यहि अनुसार अघि बढेको उनको टिप्पणी थियो । उनले भनिन् ,काँग्रेसकै कुरा अहिले गठबन्धनले फलो गरिरहेको छ ।’ नेपाली काँग्रेसकै एजेन्डा नेकपा माओवादी केन्द्र लगायतका सत्ता साझेदार दलहरुले अपनाएको छ ।