धनगढी पोष्ट शुक्रबार, ०५ बैशाख २०८२   April 18, 2025

नगरप्रमुख हमालद्वारा विद्यालय सुधरका लागि करिव १० लाख सहयोग

नगरप्रमुख हमालद्वारा विद्यालय सुधरका लागि करिव १० लाख सहयोग

धनगढी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले नगरको शैक्षिक सुधारका लागि करिव १० लाख बराबरको शैक्षिक सामग्री सहयोग गरेका छन्

नगर प्रमुख हमालले आफुले पाएको सेवा सुविधा पारिश्रमिकको रकम बाट कक्षाको परिक्षामा शुन्य नतिजा ल्याउने धनगढीका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामग्री सहयोग गरेका हुन्

धनगढी उप महानगरपालिकाका १७ वटा सामुदायिक विद्यालयको २०७९ मा सम्पन्न कक्षा को परिक्षामा नतिजा शुन्य आएको थियो ती सामुदायिक विद्यालयको शैक्षिक सुधारमा सहयोग गर्ने भन्दै नगरप्रमुख हमालले बिहीबार लाख ९२ हजार सय २० रुपैंया बराबरको शैक्षिक सामग्री तीन हजार सय ८९ जना विद्यार्थीलाई वितरण गरेका हुन्

सो शैक्षिक सामग्री सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक जनप्रतिनीधिको रोहबरमा वितरण गरिएको हो

चुनावकै समयमा नगर प्रमुख हमालले आफुले पाउने कुनै पनि सेवा सुविधा नलग्ने घोषणा गरेका थिए । नगर प्रमुख हमालले आफुले गरेको घोषणा अुनुसार हाल सम्म उप महानगरबाट कुनै पनि सेवा सुविधा लगेका छैनन् । उनले आफ्नै निजी सवारी प्रयोग गर्दै आएका छन्, भने नगरप्रमुखले पाउने सुवा सुविधावाफतको रकम सामाजिक काममा खर्च गर्दै आएका छन् ।