धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

चैतन्यले मनायो गौरा

चैतन्यले मनायो गौरा

धनगढी मौलिकता संस्कृतिको सम्बद्धनलाई विशेष जोड दिंदै आएको चैतन्य पाठशालाले स्कुलमै विद्यार्थी अभिभावक संग गौरा पर्व मनाएको

विद्यार्थीलाई कितावि ज्ञान संगै हाम्रो मौलिकताका बारेमा जानकारी दिन स्कुलमा गौरा मनाइएको विद्यालयले जनाएको गौरा जस्तै अन्य विभिन्न समुदायले मनाउने पर्वलाई पनि स्कुलमा मनाउने गरेको , विद्यालयका सहप्रधानाध्यापक कटक बहादुर सिंहले भने, ‘यसले विद्यार्थीमा आफ्नो कला  संस्कृतिको विकास गराउन मद्धत गर्दछ, विद्यार्थीलाई कला संस्कृतिको बारेमा बुझ्नका लागि यूट्युव हेर्नुपर्ने बाध्यता नहोस् भन्ने हाम्रो मान्यता हो

विरुडा पञ्चमी देखि विधिवतरुपमा गौरा थापना गरेर बिहीबार अठ्वाली मनाइएको उनले बताए अष्टमीको दिन महेश्वरको पूजा गरेर गौरा मनाइएको उनले बताए चैतन्यले आयोजना गरेको गौर पर्वमा विद्यार्थी, अभिभावक, शिक्षक, कलाकार संस्कृति प्रेमीहरूको सहभागिता रहेको थियो