धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

संस्कृति जोगाउन सक्रिय पर्यटन मन्त्री धामी

संस्कृति जोगाउन सक्रिय पर्यटन मन्त्री धामी

धनगढी सुदूरपश्चिम प्रदेशका पर्यटन मन्त्री रमेस सिंह धामी प्रदेशको संस्कृति जोगाउन सक्रिय बनेका छन्

कला  संस्कृति जोगाउने क्रममै केही दिन अघि बैतडीको सिगास गाउँपालिकामा दमाह बजाएर चर्चामा आएका मन्त्री धामीले त्यस पछि पनि विभिन्न धार्मिक तथा सामाजिक भेषभुषाको अवलोकन गरेका छन् बिहीबार धनगढीमा मनाइएको गौरा पर्वमा पनि मन्त्री धामी त्यसरीनै प्रस्तुत भए काँधमा दमाह बोकेर मन्त्री धामी छलिया नाचमा रमाउँदा गौरा अवलोकन गर्न सहभागि सर्वसाधारण दंग भएका थिए मन्त्री भएपछि ठुलो बन्ने, सवै संग बोल्न पनि नमान्ने गरेको देखेका थियौं, सहभागि निरु भट्टले भनिन्, ‘तर मन्त्री धामीको व्यवहारले पनि अचम्मीत भए, उहाँले कला संस्कृतिलाई यति धेरै माया गर्नुहुन्छ भन्ने सोचेको पनि थिएन

काँधमा दमाह बोकेर सहजै मन्त्री नाचेको देख्दा मनमा आफ्नो कला  संस्कृतिप्रति गर्ब लागेको उनले बताइन् उनले पश्चिमा संस्कृतिका कारण स्थानीय कला संस्कृति लोह हुने अवस्थामा पुग्न थालेको बताइन् सरकाले हाम्रा कला संस्कृति जोगर्ने गर्न ध्यान नदिंदा पश्चिमा संस्कृति प्रति युवा आकर्षण बढ्न थालेको उनले बताइन्

सरकारी स्तरबाट मौलिक कला संस्कृतिको जगेर्ना गर्न तर्फ ध्यान नपुग्दा हाम्रा युवाहरु पश्चिमा संस्कृति तर्फ आकर्षित हुन थालेका छन्, उनले भनिन्, ‘अवका पिढीलाई आफ्नो संस्कृति प्रति आकर्षित बनाउन मन्त्री धामी जस्तै अन्य मन्त्रीपनि जुट्नु जरुरी

प्रदेशका कला संस्कृतिको जगेर्ना गरेर यहाँका नागरिकको सभ्यतालाई बचाउनु आफ्नो कर्तव्य हुने मन्त्री धामी बताउँछन् हामी कला संस्कृतिका माध्यामबाट पनि आन्तरिक बाह्य पर्यटकलाई आकर्षण गर्नसक्छौं, मन्त्री धामीले भने, ‘तर त्यसका लागि कला संस्कृतिको सम्बद्धन संरक्षण गर्नु अपरिहार्य , प्रदेश सरकार कला संस्कृतिको जगेर्ना गर्न कटिबद्ध प्रदेशका सवै भेष भुषा, धर्म, संस्कृति कलाको अवलोकन गरी ती धरोहरको संरक्षणका लागि योजना बनाउने गरी आफुले काम गरिरहेको मन्त्री धामी बताउँछन्

आफुलाई स्थानीय भेषभुषामै प्रस्तुत हुन मन पराउने मन्त्री धामी स्थानीय कला संस्कृतिमा सजिलै घुलमिल हुने गर्दछन् यहाँको कला संस्कृतिलाई आफुले पनि धेरै माया गर्छु, मन्त्री धामीले भने, ‘जहाँ जस्तो संस्कार सभ्यता , त्यसै अनुसार आफुलाई पनि प्रस्तुत गर्न मन लाग्छ, सकेसम्म त्यो परम्परा अंगाल्ने प्रयत्न पनि गर्दै आएको छु सवैलाई कला संस्कृतिको जगर्नामा ध्यान दिन सुझाव पनि दिने गरेको छु