धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

किड्नी निकालेर विरामी मार्ने स्वस्तिक अस्पताल छैन कतै दर्ता

किड्नी निकालेर विरामी मार्ने स्वस्तिक अस्पताल छैन कतै दर्ता

 

धनगढी पत्थरीको उपचारका लागि अप्रेसन गरेका कञ्चनपुरको बेलौरी नगरपालिका१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको किड्नी निकालेपछि सोमबार स्वस्थित अस्पतालमा मृत्यु भयो

घटनालाई लुकाउन स्वस्थिकले मृतकका आफन्तलाई २२ लाख नगद दिएको पाइएको , भने मृतकका छोरालाई पढाउने छोरीको बिवाह खर्च उपलब्ध गराउने लिखित सहमति गरेको

स्वस्तिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी दक्ष अनुभवि नहुँदा अप्रेसनका क्रममा विरामीको किड्नीमा घाउ परेको पाइएको किड्नीमा घाउ पर्दा उच्च रक्तअल्पताका कारण विरामीको मृत्यु भएको आफन्तको भनाई बुबा राम्रै हुनुहुन्थ्यो, बिरामीका छोरा बुद्धि चौधरीले भने, ‘बुबा बोराडाँडीबाट हिडेरै उपचारका लागि अस्पताल पुग्नु भएको हो, तर यहाँका स्वास्थ्यकर्मीको अदक्षता अप्रेसनको अनुभवनै नहुँदा मैले बुबा गुमाउनु पर्यो, यस्ता स्वास्थ्यकर्मीको लाइसेन्स खारेज गर्नु पर्दछ

.किड्नी निकालेर विरामीको मृत्यु भएपछि सवैको निशानामा परेको स्वस्थितक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि हाल सम्म कुनैपनि निकायमा दर्ता समेत नरहेको पाइएको

स्वास्थ्य ऐन अनुसार १५ शय्या सम्मको अस्पताल सञ्चालनका लागि स्थानीय तहले अनुमति दिन सक्ने व्यवस्था रहेको स्वस्तिक स्थानीय तहमा दर्ता छैन ५० शय्या सम्मको अस्पताल सञ्चालनको अनुमति प्रदेश सरकारले दिन सक्ने प्रावधान रहेको तर स्वस्तिक अस्पताल स्वास्थ्य निर्देशनालयमा समेत दर्ता नरहेको निर्देशनालयले जनाएको

स्वस्तिक हस्पिटल २०७९ देखि दर्ताबिना सञ्चालन हुँदै आएको पाइएको हालसम्म दर्ता प्रमाणपत्र प्राप्त नगरेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल प्रालिले सरकारी अनुमति नपाएरै बिरामीको उपचार जटिल किसिमका शल्यक्रिया गर्दै आएको थियो

अस्पतालले २५ शय्या दर्ताका लागि स्वास्थ्य निर्देशनालयमा कागजात पेश गरेको तर अनुमति भने पाइसकेको छैन यसका लागि केही कागजात नपुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डाक्टर जगदीश जोशीले बताए