धनगढी पोष्ट
शुक्रबार, १५ भदौ २०८० मा प्रकाशित
धनगढी । नेकपा माओवादी केन्द्रले देशैभर संचालन गर्ने जनतासंग माओवादी बिशेष रुपान्तरण अभियानका लागि धनगढीमा ३ इन्चार्ज तोकेको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ धनगढी उपमहानगर कमिटीको १३ औं विस्तारीत बैठकले धनगढीमा अभियानका लागि ३ इन्चार्ज तोकेको हो ।
जसअन्तरगत कमाण्ड नम्बर १ को इन्चार्जमा माओवादीका केन्द्रिय सदस्य दिपक साउँद ‘तरङ्ग’, कमाण्ड नम्बर २ को इन्चार्जमा केन्द्रिय सदस्य विना मगर र लक्ष्मी विक र कमाण्ड नम्बर ३ को इन्चार्जमा केन्द्रिय सदस्य निर्मला बडाल तोकिएका छन ।
तरङ्ग इन्चार्ज रहेको कमाण्ड नम्बर १ अन्तरगत ८ वडा रहेका छन । जसमा धनगढीमा वडा नम्बर १, २, ३, ४, ५, ६, ११ र १३ रहेका छन । त्यस्तै मगर र विक इन्चार्ज रहेको कमाण्ड नम्बर २ अन्तरगत पनि ८ वडा रहेका छन । जसमा धनगढीका वडा नम्बर ७, ८, ९, १०, १२, १५, १६ र १७ रहेका छन । बडाल इन्चार्ज रहेको कमाण्ड नम्बर ३ अन्तरगत ५ वडा रहेका छन । जसमा कैलारी गाउँपालिकाका वडा नम्बर ६ र ९ धनगढीका वडा नम्बर १४, १८ र १९ रहेका छन् ।
बैठकले जनतासंग माओवादी बिशेष रुपान्तर अभियान संचालन गर्नको लागि प्रत्येक वडामा पनि प्रदेश कमिटीमा रहेका नेताहरुलाई संयोजकको जिम्मेवारी दिएको छ । बैठकले जनतासंग माओवादी बिशेष रुपान्तर ३ महिने अभियान संचालन गर्नको लागि निर्मल शाहको संयोजकत्वमा व्यवस्थापन कमिटी, हरी क्षेत्रीको संयोजकत्वमा सांस्कृतिक कमिटी र डम्मर भट्टराइको संयोजकत्वमा प्रचार–प्रसार कमिटी चयन गरेको छ ।