धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

विषालु च्याउ खाएर बझाङमा दुई बालकको मृत्यु

विषालु च्याउ खाएर बझाङमा दुई बालकको मृत्यु

धनगढी विषालु च्याउँ खाँदा बझाङमा दुई जना बालकको मृत्यु भएको

प्रहरीका अनुसार बझाङ सदरमुकाममै पर्ने जयपृथ्वी नगरपालिका मा बस्ने दुई बालकको मृत्यु भएको हो मृत्यु हुने दुवै जना भाई बहीनी हुन् प्रहरीका अनुसार स्थानीय लक्ष्मण कठाउतका सात वर्षिया छोरी एञ्जिला कठायत १२ वर्षीय छोरा सुदीप कठायतको जंगली च्याउ खाएर मृत्यु भएको हो

बुधबार बेलुका जङ्गली च्याउको तरकारी खाँदा स्थानिय लक्ष्मण कठायतका श्रीमती एक छोरा एक छोरी सहित तिन जना गम्भिर बिरामी भएका थिए गम्भिर बिरामि भएकि सञ्जिलालाई बुधबार राती नै उपचारको लागि जिल्ला अस्पताल ल्याइएको थियो। उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि डडेल्धुरा रिफर गरिएकोमा बाटोमै ज्यान गएको प्रहरीले जनाएको

यस्तै बिहीवार राति १२ वर्षिय सुदिपको उपचार जिल्ला अस्पतालमा सम्भब नभएपछि थप उपचारको लागि धनगढी ल्याउदै गर्दा डडेल्धुरामा नै उनको मृत्यु भएको प्रहरीले जनाएको च्याउ खाएर घाइते भएकी मृतक बालककी आमा पुनी कठायतको जिल्ला अस्पतालमै उपचार भइरहेको उनको स्वास्थय अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले जनाएका छन्