धनगढी पोष्ट बिहिबार, ०४ बैशाख २०८२   April 17, 2025

बदेंलका लागि थापेको पासोमा परी महिलको मृत्यु

बदेंलका लागि थापेको पासोमा परी महिलको मृत्यु

धनगढी जंगली जनावर बदेंलका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर धनगढीमा एक जना महिलाको मृत्यु भएको

मृत्यु हुनेमा धनगढी बस्ने अन्दाजी ३२ वर्षीया मञ्जु कुँवर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए

धनगढी उपमहानगरपालिका स्थित होल्डिङ सेन्टर नजिकै सोमबार राति करीब ११ बजेतिर उनी विद्युतीय धरापमा परेकी थिइन्   विद्युतीय धरापमा परी गम्भीर घाइते भएकी कुँवरलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक बस्यालले बताए उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको

जंगली जनावरबाट धानबाली जोगाउन भन्दै खेतको आलीमा स्थानीय ४८ वर्षीय जंगलिया चौधरीले करेन्ट प्रवाह गरेको त्यही करेन्ट लागेर मञ्जु कुँवरको मृत्यु भएको प्रहरीको भनाइ प्रहरीले खेतमा विद्युतीय धराप राखेका जंगलिया चौधरीलाई पक्राउ गरेको चौधरीले जंगली जनावरबाट धानबाली जोगाउन करेन्ट छाडेको बयान दिएको प्रहरीले जनाएको