धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

बैतडीका एक दर्जन स्थानमा हेलिप्याड

बैतडीका एक दर्जन स्थानमा हेलिप्याड

धनगढी बैतडीका एक दजैन स्थानमा हेलिप्याड निर्माण भएका छन्

विपद्को समयमा सहजै हेलिकोप्टर अवतरण गराउन तथा हेलिकोप्टरबाट उद्धारका लागि हेलिप्याड निर्माण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए विपद् बेला आपत्कालीन उद्धारका लागि सहज होस् भनेर हेलिप्याड निर्माण गरिएको उनले बताए

मनसुन आपत्कालीन कार्ययोजना, २०८० अन्तर्गत सैनिक गैरसैनिक गरेर १२ स्थानमा हेलिप्याड स्थापना गरिएका प्रमुख जिल्ला अधिकारी पन्थीले बताए

सदरमुकामस्थित हनुमानध्वज गुल्म गढी टुँडिखेलमा सैनिक हेलिप्याड निर्माण गरिएका छन् यस्तै पञ्चेश्वर गाउँपालिका कुलाउ, सिगास गाउँपालिका चौखाम, सिगास कै शिवलिङ्ग, पुर्चौडी नगरपालिका हाट, पुर्चौडी कुवाकोट, पुर्चौडी नकाली, पाटन नगरपालिका पाटन, डिलाशैनी गाउँपालिका लेक, सुर्नया गाउँपालिका सिउडे दोगडाकेदार गाउँपालिका रिममा गैरसैनिक हेलिप्याड निर्माण गरिएका हुन्