धनगढी पोष्ट 
                                शुक्रबार, २२ भदौ २०८०  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी । सुदूरपश्चिम प्रदेशका उदोग, पर्यटन, वन तथा वातावरण मन्त्री  रमेशसिंह धामीले सुशासनको क्षेत्रमा काम गर्दा चारैतिरबाट घेराहाल्ने काम हुनथालेको बताएका छन् ।
‘कर्मचारी सरुवा गर्दा पैसा माग्ने, योजना दिंदा पैसा माग्ने, योजना कार्यान्वयन गर्दा पनि पैसा माग्ने प्रवृति कर्मचारी र नेतृत्वमै रहेछ,’ मन्त्री धामीले भने, ‘त्यसलाई पुर्ण रुपमा रोकेर सामन्य तरिकाले काम गर्ने अठोट मैले गरेको छु, तर त्यसो गर्दा मलाई चारैतिरबाट घेरा हाल्नेकाम भइरहेको छ, कहिलेकाँही म मन्त्री किन बनेहुँला भन्ने लाग्छ, तर म डराउँदैन, मन्त्रालयमा हुने भ्रष्ट्राचारको फोहोर सफा गरेर छोड्छु ।’
मन्त्री धामीले आफु युवा भएको र आफ्नो राजनीतिक जीवन अझै बाँकी रहेको बताए । ‘त्यसैले म प्रदेश र यहाँको जनताका लागि काम गर्नुछु, मैले काम गर्न सकेन भनेर जनतालाई भन्ने  छुट पनि छैन,’ मन्त्री धमीले भने, ‘त्यसैले कसैले पनि मलाई घुष दिने सपना पनि नसोचे  हुन्छ, म आफु मात्रै हैन, भ्रष्ट्राचार गरेको थाहा पाए कसैलाई छोड्नेवाला छैन ।’ 
आम नागकिरलाई वनका कर्मचारीको निग्रानी गर्न उनले आग्रह गरे । सही तरिकाले काम गर्ने कर्मचारीको सवै मिलेर आत्मबल बढाउने र हौसला प्रदान गर्ने काम गर्न जरुरी छ, मन्त्री धामीले भने, ‘तर गलत काम गर्ने जो कोहीलाई पनि हामी सवै मिलेर नङ्ग्याउनु पर्छ ।’ उनले अकुत सम्पति कमाएर छोराछोरीका लागि राखौंला भन्ने धारणानै गलत रहेको बताए । ‘हामीले हाम्रा लागि काम गर्ने हो, हाम्रो सन्ततीले आफै काम गरेर खाउन्, कसैका लागि कमाएर राखिदिनु गलत हो ।’
मन्त्री धामीले व्यवस्था बदलिएपनि मानसिक सोच नबदलिएका कारण देशमा परिवर्तन आएको महशुस हुन नसकोको बताए ।
जनताले नतालाई काम गरेन भन्छन्,’ मन्त्री धामीले भने, ‘तर जनताको सोच पनि भ्रष्ट छ, गणतन्त्रात्मक संघिय व्यवस्थालाई स्वीर्कानै चाहदैनन, २०४७ कै संविधान हो भन्ने सोचेका छन्, जनता परिवतर्न नभई परिवर्तन देखिदैन ।’ उनले देश संघिय व्यवस्था प्रणालीमा गए पनि त्यसको अस्तित्व अझै स्वीकार्य नगरिएको बताए । व्यवस्था अनुसार संघिय सरकार र स्थानीय सरकार पहिला भएपनि प्रदेश सरकार नयाँ भएको उनले बताए । 
नयाँ व्यवस्थालाई स्थापित गर्न सवैले एक कदम माथी उठ्नुपर्नेमा मन्त्री धामीको जोड छ । त्यसका लागि शहर, बजार, गाउँ, वस्थि, कुना कन्दरामा रहेका नागरिकको चेतनामा परिवर्तन हुनु अपरिहार्य रहेको मन्त्री धामीको भनाई छ  ।