धनगढी पोष्ट 
                                सोमबार, २५ भदौ २०८०  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी । आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत सापकोटालाई प्रहरीले नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित पक्राउ गरेको छ । नेपालगञ्जबाट श्री एयरलाइन्सको जहाजमार्फत् काठमाडौं जान लागेका उनलाई सोमबार बिहान साढे ७ बजे विमानस्थलबाट पक्राउ गरिएको बाँकेका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए ।
विमानस्थलमा चेकजाँचको क्रममा उनको साथबाट स्रोत नखुलेको २६ लाख रुपैयाँ बरामद गरिएको एसपी राठौरले जानकारी दिए । उनलाई  थप अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जमा बुझाइएको छ । कर अधिकृत साप्कोटा संगै आएका अर्का व्यक्ति भने फरार रहेका छन् । उनको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।