धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

जलेको डेढ बर्षमै घर पाए बिपतपुरवासीले

जलेको डेढ बर्षमै घर पाए बिपतपुरवासीले

बिपतपुर आगलागीमा आफ्ना घरहरु गुमाएको डेढ बर्षमै  कैलाली जिल्लाको कैलारी गाउँपालिका बिपतपुरका २७ मुक्त कमैया परिवारले घर पाएका छन् सुदुरपश्चिम प्रदेश सरकार हेबिटेट नेपालले साझेदारीमा  घरहरु निर्माण गरेर बिपतपुरका मुक्त कमैया परिवारलाई सोमबार घर हस्तान्तरण गरेका हुन्

२०७९ को बैशाख ११ गते भएको आगलागीबाट बिपतपुरमा रहेका मुक्त कमैयाका ८४ घरमा क्षति पुगेको हो   लाभग्राही समुदायको भएको घर निर्माणको सामाजिक परिचालनको कार्य राष्ट्रिय  दलित नेटवर्कले गरेको हो

 प्रदेश सरकारको ९० लाख, हेबिटेट नेपालको ५४ लाख समुदायको ३८ लाख ७८ हजार गरि करोड ८२ लाख ७८ हजारको लागतमा ती घरहरु निर्माण गरिएको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका भुमिश्रोत नक्सांकन महाशाखाका नापी अधिकृत  धर्मराज ओझाले बताए   भवनहरुको  डिजाइन तयार पार्नेदेखिका सबै प्राविधिक काम सामाजिक परिचालनको काम हेबिटेटले गरेको हो

 भवनहरु भवन संहिताको पुर्ण पालना गरेर निर्माण गरिएको हेबिटेट नेपालको पश्चिम फिल्ड कार्यालय प्रमुख पुनिता चौधरीले बताइन् भवनहरु भवन संहिताको पुर्ण पालना गरेर निर्माण गरिएका छन् फिल्ड कार्यालय प्रमुख चौधरीले भनिन्  भवनहरु हावाहुरी प्रतिरोधक पनि छन्

भवनहरु सीएसइबी इन्टरलकिंग ब्लकको प्रयोग गरेर बनाइएका छन् सीएसइबी इन्टरलकिंग  ब्लकका घरहरु इटा कंक्रिटको प्रयोगबाट बनाइएका घर भन्दा बढी वातावरणमैत्री रहेकाले  त्यसबाट घर बनाइएको चौधरीले बताइन् हेबिटटेले लाभग्राही समुदायलाई ब्लक निर्माण ब्लकको प्रयोगले घर बनाउने तालिम दिएको थियो तालिमपछि समुदायले उत्पादन गरेको ब्लकको प्रयोग गरेर घर निर्माण गरिएको हो तालिमका क्रममा तालिमपछि ब्लक बनाउदा आवश्यक पर्ने सामाग्रीहरु घर निर्माणको लागतबाट व्यहोरिएको हो ब्लक बनाउदा घर निर्माण गर्दा लाभग्राही समुदायले श्रमदान गरेका हुन् मिस्त्री खर्च भने व्यहोरिएको हो

 यसले समुदायमा सीपको बिकास पनि भएको , घर पनि निर्माण भएका छन् हेबिटेट नेपालकी फिल्ड कार्यालय प्रमुख चौधरीले भनिन्  अब लाभग्राहरु आफै आफ्नो सीपले ब्लक बनाउन ब्लकको प्रयोगले घर बनाउन सक्ने सीपलाई आफ्नो उद्यमशिलता आय आर्जनसँग जोडेर लैजान सक्नु हुन्छ

 भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका भुमिश्रोत नक्सांकन महाशाखाका नापी अधिकृत  धर्मराज ओझाका अनसार हालसम्म मन्त्रालय हेबिटेटको साझेदारीमा अहिलेसम्म सुदुरपश्चिममा ८४ घर निर्माण भैसकेका छन् भजनी नगरपालिकामा राजी समुदायका २५, बेदकोट नगरपालिकाकामा भुमिहीन, दलित, मुक्ता कमैयाका २५, बिपदपुरमा मुक्त कमैयाका २७ डोटीमा मुक्त हलियाका घर निर्माण भएका छन्    

    घर हस्तान्तरण कार्यक्रममा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले मुक्त कमैया पुनस्र्थापनामा संघीय सरकार पन्छिन खाजेको भन्दै अब मुक्त कमैया, हलिष चरुवाहरुको  जग्गा आवासको व्यवस्था गर्ने काममा प्रदेश सरकार लागि पर्ने बताए कैलालीमा अझै पनि मुक्त कमैयाहरु पुनस्र्थापना हुन बाकी रहेको भन्दै मन्त्री चौधरीले अब आफुहरु उनीहरुको व्यवस्थापन गर्नमा सक्रिय हुने बताए

 भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कैलाश चौधरीले प्रदेशमा रहेका भुमिहीन सुकम्बासीहरुको बसोबास व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको बताए

कैलारी गाउपालिकाका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा भएको  घर हस्तान्तरण कार्यक्रममा  भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव  मदन सिंह धामीआन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव बिश्वदिप भेष्रा, हेबिटेन नेपालका बरिष्ठ अनुगमन, मुल्यांकन म्यानेजर  अमलेश्वर सिंह, आरडीएन नेपालका अध्यक्ष गणेश बिके, लाभग्राही समुहकी कोषाध्यक्ष जानकी चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए