धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

समाजवादी मोर्चाको धनगढीमा हुने सन्देस सभा स्थगित

समाजवादी मोर्चाको धनगढीमा हुने सन्देस सभा स्थगित

धनगढी समाजवादी मोर्चा नेपालले सुदूरपश्चिमको धनगढीमा आज मंगलवार गर्ने भनिएको सन्देशसभा स्थगित भएको

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएका कारण आजको कार्यक्रम स्थगित गरिएको नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले बताइन्

सन्देश सभामा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव जनता समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ आउने कार्यक्रम रहेको थियो


ट्रेन्डिङ